शुक्रबार, भाद्र ६,२०८२ 05:59:48
  • शुक्रबार, भाद्र ६,२०८२ 05:59:48
Global IME Bank Limited

लक्ष्मी ग्रुपले बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी ‘LAXPERIENCE २०२५’ आयोजना गर्ने

Hyundai Nepal
लक्ष्मी ग्रुपले बहुप्रतिष्ठित ब्रान्डहरूको प्रदर्शनी ‘LAXPERIENCE २०२५’ आयोजना गर्ने
Shivam Cement

काठमाण्डौ । व्यापारिक संस्था लक्ष्मी ग्रुपले यही २०८२ साउन ७ र ८ गते (शनिबार र आइतबार) बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म काठमाण्डौको गैह्रीधारास्थित सिल्भर ओकमा भव्य प्रदर्शनी “LAXPERIENCE २०२५”आयोजना गर्ने भएको छ।

यस प्रदर्शनीलाई Hyundai, BMW, Kaiyi र Forthing जस्ता बहुप्रतिष्ठित ब्रान्डहरूले विशेष बनाउने जनाइएको छ । नेपालकै अटो इभेन्टमा पहिलोपटक BMW को सहभागिता रहने भएकाले यो प्रदर्शनी कार प्रेमीहरूका लागि अझै रोमाञ्चक बन्ने आयोजकको विश्वास छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवाहरु पनि उपलब्ध गराइनेछ। यस प्रदर्शनीले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकहरूका लागि उत्कृष्ट अवसर दिनेछ।

कारमात्र नभई, आगन्तुकहरूले नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर पनि पाउनेछन्।साथै, नेलआर्ट, मेहेन्दी, नि:शुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई झनै रोचक बनाउने जनाइएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.