• शनिबार, भाद्र २८,२०८२ 04:38:35
Global IME Bank Limited

नेप्सेमा आजपनि हुन सकेन सुधार, जानकार भन्छन्, ‘उधारो कारोबार मुख्य कारण’

Hyundai Nepal
नेप्सेमा आजपनि हुन सकेन सुधार, जानकार भन्छन्, ‘उधारो कारोबार मुख्य कारण’

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.२२ अंकले घटेर २ हजार ७५७.९७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१४ प्रतिशतले घटेर ४७४.२६ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको १ करोड ६८ लाख ५५ हजार ९०६ कित्ता सेयर ५ अर्ब २ करोड १ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार उपेन्द्र पाठक भन्छन्,  ‘अहिले बजार घट्नुको मुख्य कारण भनेको उधारो कारोबार नै हो । उधारो कारोबारले गर्दा नै ब्रोकरहरु जेलसम्म जानुपर्यो । त्यही कारण २६ अर्ब पुगेको कारोबार यतिबेला ५ अर्बमा सीमित बनेको छ । यो भनेको बजारमा नयाँ पैसा नआउनु हो ।’

राष्ट्र बैंकले बैंकहरुलाई दोस्रो बजारमा कारोबार गर्न सहजिकरण नगरेसम्म र २५ करोडको क्याप पूर्ण रुपमा नहटेसम्म बजारमा ठूलो लगानी नभित्रिने उनले बताए । नेप्सेले सुरु गरेको अन्तिम १५ मिनेटको भारित औषत मूल्यले लगानीकर्तामा मनोवैज्ञानिक असर परेपनि यही कारणले मात्रै बजार घटेको भन्न नमिल्ने उनले स्पष्ट पारे ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अर्का बजार जानकार यज्ञ घिमिरेले बजार घट्नुमा दुई–तीनवटा कारण रहेको बताए । ‘उच्च मूल्यमा खरिद गरेकाहरु बजार नछिर्नु, बेचेकाहरु अझै घट्छ भनेर कुरेर बस्नु, विभिन्न अटो शोमा लगानीकर्ता आकर्षित हुनु र ब्रोकरहरुले पनि केही टाइट गर्दा बजार घट्न पुगेको हो,’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटाबाहेक अन्य सबैमा रातो पोतियो । आज निर्जीवन बीमा समूह मात्रै बढ्यो । यो समूह आज ०.१९ प्रतिशतले बढ्यो ।  

व्यापार समूह आज सर्वाधिक अर्थात ०.८३ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.०३ प्रतिशत, विकास बैंक ०.६४, फाइनान्स ०.४७, होटल ०.६९, हाईड्रो ०.४१, लगानी ०.२०, जीवन बीमा ०.२०, उत्पादन तथा प्रशोधन ०.०९, लघुवित्त ०.२१, म्युचुअल फण्ड ०.०६ र अन्य समूह ०.५८ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २४ करोड ९ लाख बढीको सेयर कारोबार भयो । नेपाल पुनर्बीमा कम्पनीको पनि आज २० करोड ९ लाख, बलेफि हाईड्रोको १४ करोड १९ लाख, बुटवल पावरको १३ करोड ४६ लाख र हिमालयन डिष्ट्रलरीको १३ करोड ८ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । आज विकाश हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ९.९९ प्रतिशतले बढ्यो ।  

सामुदायिक लघुवित्तको सेयरमूल्य पनि आज ५.३७ प्रतिशत, रसुवागढी हाईड्रोपावरको २.८६ र युनाइटेड अजोड इन्स्योरेन्सको सेयरमूल्य २.६६ प्रतिशतले बढ्यो ।  

जनउत्थान सामुदायिक लघुवित्तको सेयरमूल्य आज सर्वाधिक अर्थात ४.६५ प्रतिशतले घट्यो । यसैगरी सयपत्री हाईड्रोको सेयरमूल्य ४.५३ प्रतिशत र पञ्चकन्या माई हाईड्रोको सेयरमूल्य ३.०८ प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.