IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:05:23
IME remit
Global IME Bank Limited

टिकेन सेयरबजारमा अघिल्लो दिनको बढोत्तरी, सबै समूह राताम्मे

Hyundai Nepal
टिकेन सेयरबजारमा अघिल्लो दिनको बढोत्तरी, सबै समूह राताम्मे
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.७२ प्रतिशत अर्थात १९.८९ अंकले घटेर २ हजार ७४१.९७ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५६ प्रतिशतले घटेर ४७३.६८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ५ लाख ३५ हजार ८७४ कित्ता सेयर ४ अर्ब ४३ करोड ८२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार देव गुरागाईं भन्छन्,  ‘पछिल्लो समय बजारमा चाडपर्वको प्रभाव देखिन थालेको छ । मानिसहरु चाडपर्वका लागि पैसाको जोहो गर्नतर्फ लागेका छन् । ठूला खेलाडी पनि नाफा बुक गरेर बसेका छन् । यस्तो अवस्थामा साना लगानीकर्ताले मात्रै बजार धान्न सक्ने अवस्था छैन ।’

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यस्तै उनले प्रि–आईपीओमार्फत गोप्य रुपमा पैसा बाहिरिएका कारण समेत बजार प्रभावित बनेको बताए ।  

नेपाल सेयरधनी संघका निवर्तमान अध्यक्ष नानीबाबू खरेलले सबैतर्फ सकारात्मक माहौल हुँदा समेत बजार घट्न पुगेको बताए । ‘ गभर्नर र धितोपत्र नियामकहरु सबै पूँजीबजारप्रति सकारात्मक नै छन् । तर विविध कारणले बजार घटिनै रहेको छ । यसमा ब्रोकरको लिमिट पनि एउटा कारण हुनसक्छ,’ उनले भने ।  

यद्यपी दशैंअघि बजारमा एकपटक राम्रो सुधार आउन सक्ने उनले विश्वास व्यक्त गरे ।  

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । व्यापार समूह आज सर्वाधिक अर्थात १.९६ प्रतिशतले घट्यो ।  

यस्तै बैंकिङ समूह ०.४० प्रतिशत,विकास बैंक ०.३७, फाइनान्स ०.८१, होटल ०.७६, हाईड्रो ०.९८, लगानी ०.७१, जीवन बीमा ०.१७, उत्पादन तथा प्रशोधन ०.७९,लघुवित्त ०.८५, म्युचुअल फण्ड ०.३४, निर्जीवन बीमा ०.६२ र अन्य समूह ०.२४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको २२ करोड ७० लाख बढीको कारोबार भयो । हिमालयन रि इन्स्योरेन्सको पनि आज २० करोड ११ लाख, युनियन हाईड्रोको १४ करोड ६९ लाख, दोर्दीखोला जलविद्युतको १४ करोड ४१ लाख र हिमालयन डिष्ट्रिलरीको १४ करोड २६ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो । हिमस्टार उर्जा कम्पनीको सेयरमूल्यमा मात्रै आज अपर सर्किट लाग्यो ।  

यस्तै युनियन हाईड्रोपावरको सेयरमूल्य ३.६० प्रतिशत र धौलागिरी लघुवित्तको सेयरमूल्य २.०९ प्रतिशतले घट्यो ।  

आज उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ७.४७ प्रतिशतले घट्यो । यो दिन दोर्दीखोला जलविद्युतको सेयरमूल्य पनि ७.३२ प्रतिशत, पिपुल्स हाईड्रोपावरको ४.१८ र विकास हाईड्रोपावरको सेयरमूल्य ४.०४ प्रतिशतले घट्यो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.