बुधबार, भाद्र २५,२०८२ 08:09:31
  • बुधबार, भाद्र २५,२०८२ 08:09:31
Global IME Bank Limited

कफ्र्यू लगाएलगत्तै जेनजी प्रदर्शनमा गोली प्रहार, आन्दोलन उग्र बनेको सरकारको दाबी

Hyundai Nepal
कफ्र्यू लगाएलगत्तै जेनजी प्रदर्शनमा गोली प्रहार, आन्दोलन उग्र बनेको सरकारको दाबी

काठमाण्डौ । जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि सरकारले नयाँ बानेश्वर क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ ।  

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बानेश्वर क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रशासनले जेनजीको प्रदर्शन हिंसात्मक बन्न थालेपछि र नियन्त्रणबाहिर गएपछि स्थितिलाई नियन्त्रणमा लिन कफ्र्यू आदेश जारी गरिएको दाबी गरेको छ ।  

काठमाडौं जिल्ला प्रशासन कार्यालयले नयाँ बानेश्वर क्षेत्रमा अहिले साढे १२ बजेबाट राति १० बजेसम्म कर्फ्यू लगाइएको छ ।

कफ्र्यू आदेशका बाबजुद जेनजीले भने प्रदर्शनलाई जारी राखेका छन् । सरकारले पहिला कफ्र्यू आदेश जारी गरेर त्यसकै आडमा प्रदर्शनकारीमाथि गोली समेत चलाएको छ । सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।  

दोहोरो झडपमा परी केही प्रहरी समेत घाइते भएका छन् । बानेश्वरस्थित संघीय संसद भवनको पर्खाल र आसपासको क्षेत्रमा तोडफोड समेत भएको छ । केही क्षेत्रमा आगजनी समेत भएको बताइएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.