सोमबार, जेष्ठ ४,२०८३ 05:46:53
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 05:46:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

देशैभर फैलियो जेनजीको प्रदर्शन: पोखरा, इटहरी र भरतपुरमा झडप, दमकमा गोली चल्यो

Laxmi Sunrise Bank Limited
देशैभर फैलियो जेनजीको प्रदर्शन: पोखरा, इटहरी र भरतपुरमा झडप, दमकमा गोली चल्यो
Shivam Cement

काठमाण्डौ । जेनजीको प्रदर्शनले देशैभर उग्र रुप लिएको छ ।  

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोध तथा बढ्दो भ्रष्टाचारको समेत विरोधमा जेनजी पुस्ताले सोमबारदेखि आन्दोलनको थालनी गरेको हो । 

Bizshala
New Office
CG Motors

आन्दोलन सुरुवात भएकै दिन संघीय राजधानी काठमाण्डौ लगायतका क्षेत्र तनावग्रस्त बन्न पुगेका छन् ।  

जेनजीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी अश्रुग्याँस र अन्धाधुन्ध गोली प्रहार गर्दा काठमाण्डौमा एक प्रदर्शनकारीको मृत्यु भएको छ भने ८० जनाभन्दा बढी घाइते भएका छन् ।  

प्रदर्शन उग्र बनेपछि सरकारले काठमाण्डौको बानेश्वर क्षेत्र, बालुवाटार क्षेत्र, शितल निवास क्षेत्र लगायत प्रधानमन्त्री, राष्ट्रपति, अन्य उच्च सरकारी अधिकारीको निवास  रहेको स्थान र आसपासको क्षेत्रमा कफ्र्यू आदेश जारी गरेको छ । योसँगै नेपाली सेनालाई काठमाण्डौका सडकमा उतारिएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

तर, जेनजी पुस्ताले कफ्र्यूको अवज्ञा गर्दै काठमाण्डौका विभिन्न ठाउँमा प्रदर्शनलाई जारी राखेका छन् । उनीहरुले भ्रष्टाचारको अन्त्य, भ्रष्ट नेताले सिंहदरबार छाड्नुपर्ने लगायतका माग राख्दै प्रदर्शन गरिरहेका छन् ।  

काठमाण्डौमा मात्र नभई देशभरका प्रमुख शहरी क्षेत्रमा आन्दोलन चर्किएको छ। जेनजीको आन्दोलन उग्र बनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा प्रहरीले गोली चलाएको छ । त्यहाँ जेनजी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । केही घाइते भएका छन् ।  

कोशी प्रदेशकै इटहरीमा समेत जेनजी र प्रहरीबीच झडप भएको छ । त्यहाँका प्रदर्शनकारी समेत उग्र बनेपछि प्रहरीले बल प्रयोग गरेको दाबी गरिएको छ।  

हेटौडामा समेत प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।  

पोखराको सडकमा निस्किएका जेनजीहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि त्यहाँको अवस्था पनि तनावपूर्ण बनेको छ । त्यहाँस्थित गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवास र उच्च सरकारी अधिकारीको निवास क्षेत्रमा समेत प्रदर्शनकारीले तोडफोड गरेका छन् । मुख्यमन्त्री निवासमा आगजनी गर्न तम्सिएका प्रदर्शनकारीलाई रोक्न प्रहरीले लाठीचार्ज र टियर ग्यास हानेको छ ।  

उता, चितवनको भरतपुरमा पनि प्रहरीसँग प्रदर्शनकारीको झडप भएको छ । जेनजी प्रदर्शनकारीले भरतपुर महानगरपालिकाभित्र प्रवेश गरी तोडफोड गर्न खोजेपछि प्रहरीले रोकेको थियो । सो क्रममा दुईतर्फी ढुंगा हानाहान भएको थियो । प्रहरीले प्रदर्शनकारीलाई अश्रुग्याँस प्रहार गरी तितरबितर पारेको छ । हाल सो क्षेत्र तनावग्रस्त छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.