मंगलवार, भाद्र २४,२०८२ 01:44:40
  • मंगलवार, भाद्र २४,२०८२ 01:44:40
Global IME Bank Limited

आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न तथा विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न सिपजको अपिल

Hyundai Nepal
आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न तथा विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न सिपजको अपिल

काठमाण्डौ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान(सिपज) आज काठमाण्डौ तथा देशका विभिन्न स्थानमा भएको जेन–जी उमेर पुस्ताको आन्दोलनमा बालबालिकाको प्रयोग र बालबालिका घाइते भएको समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।  

‘सरकारसँग विभिन्न माग राखेर आन्दोलनमा होमिएका जेन–जीहरुको आजको आन्दोलन शान्तिपूर्ण हुने भनिएता पनि बानेश्वरको निषेधित क्षेत्र तोडेपछि हिंसात्मक भएको र माइतीघर मण्डलाबाट शुरु भएको ¥यालीमा विद्यालयको पोशाकमा सयौँ बालबालिका सहभागी भएका समाचारहरू सञ्चारमाध्यममा प्रकाशित भएका छन्,’ विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनमा बालबालिकाको प्रयोग गर्नु बालअधिकारको विरुद्ध भएकोले उक्त कार्यमा बालबालिकाको प्रयोग नगर्न सिजप सबैको ध्यानाकर्षण गर्दछ ।’

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस घटना पश्चात सरकारले काठमाण्डौ तथा देशको विभिन्न स्थानमा कफ्र्यु आदेश गरेका कारण विद्यालयहरुमा रहेका बालबालिकालाई डर, त्रास उत्पन्न भएको र घर फर्कन समस्या भएकाले विद्यालयमा सुरक्षा र विद्यालय समय पश्चात घरसम्म पुग्न सहज वातावरण बनाउन तथा बालबालिका र विद्यालयलाई शान्तिक्षेत्रको रुपमा कायम गर्न सिजपको तर्फबाट सरकार, नेपाल प्रहरी र सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।  

विज्ञप्तीमा आजको आन्दोलनको क्रममा ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । ‘सबै घाइतेहरुको निशुल्क उपचारको व्यवस्था मिलाउन, घटनाको छानबिन गर्न,दोषी माथी कारबाही गर्न सरकार समक्ष अनुरोध गर्दछौं । आन्दोलनकारीलाई समेत आफ्नो विषय शान्तिपूर्ण ढङ्गले राख्न, सार्वजनिक सम्पत्ति हानि तथा नोक्सानी नगर्न र सरकारलाई बल प्रयोग बाहेकको अन्य विकल्प खोज्न, आन्दोलन प्रति गम्भीर र जायज मागको सम्बोधन गर्न हार्दिक अपिल गर्दछौँ र यस आन्दोलनलाई भड्काउने,उस्काउने खालको अभिव्यक्ति नदिन समेत सबैलाई सिजप अनुरोध गर्दछ,’ विज्ञप्तीमा उल्लेख छ ।  

यस प्रदर्शनमा मानव अधिकार र बाल अधिकार पालनाको अनुगमन गर्नका लागि राष्ट्रिय मानव अधिकार आयोगसँग सिजप अपिल गर्दछ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.