मंगलवार, भाद्र २४,२०८२ 01:23:05
  • मंगलवार, भाद्र २४,२०८२ 01:23:05
Global IME Bank Limited

प्रहरीको गोली लागी इटहरीमा २ जेनजीको मृत्यु

Hyundai Nepal
प्रहरीको गोली लागी इटहरीमा २ जेनजीको मृत्यु

इटहरी । सरकारको गलत कार्यशैली र भ्रष्टाचारविरुद्ध आन्दोलनमा उत्रिएका जेनजीहरुमाथि प्रहरीले सुनसरीको इटहरीमा समेत दमन गरेको छ । त्यहाँ प्रहरीले चलाएको गोलीबाट घाइते २ प्रदर्शनकारीको मृत्यु भएको छ । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

इटहरीमा समेत काठमाण्डौमा जस्तै जेनजी पुस्ताले सरकारको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तथा बढ्दो भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शन उग्र भएपछि दोहोरो झडप भएको थियो । प्रदर्शनकारीहरुले इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगजनी समेत गरेका थिए । केही पर रहेको इलाका प्रहरी कार्यालयमाथि समेत आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो ।  

सो क्रममा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौ सेल अश्रुग्यासको साथमा रबरको गोली समेत प्रहार गरेको थियो । प्रहरीको गोली लागी केही प्रदर्शनकारी घाइते भएकामा २ जनाको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । 

घाइते भई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएकामध्ये २५ वर्ष उमेर समूहका दुईजनाको मृत्यु भएको हो । मृतकको सनाखत भइसकेको छैन ।  

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बिजशालासँग कुरा गर्दै इलाका प्रहरी कार्यालय इटहरी र उपमहानगरपालिका तथा मेयरको कार्यकक्षमा आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागी ६ जनाभन्दा बढी घाइते भएका प्रत्यक्षदर्शीको दाबी छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.