काठमाण्डौ । खानेपानी मन्त्री प्रदीप यादवले सोमबारको जेनजी प्रदर्शनमा १९ जना युवाको मृत्यु भएपछि पदबाट राजीनामा दिएका छन्। आन्दोलनमाथि भएको दमन र व्यापक जनधनको क्षतिपछि सरकारले गरेको भूमिकाप्रति असहमति जनाउँदै उनले पदत्याग गर्ने घोषणा गरेका हुन्।
युवाहरूप्रति सम्बोधन गर्दै यादवले भनेका छन्, “प्रिय युवा दाजुभाइ र दिदीबहिनीहरू, तपाईं नै मेरो ऊर्जा र प्रेरणाका स्रोत हुनुहुन्छ। हिजोको जेनजी आन्दोलनप्रति समर्थन गर्दै र सरकारले गरेको दमनको कडा विरोधस्वरूप म खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिन्छु।”
यसअघि नेपाली कांग्रेसका तर्फबाट कृषि मन्त्री रामनाथ अधिकारीले पनि राजीनामा घोषणा गरिसकेका छन् भने स्वास्थ्यमन्त्री प्रदीप पौडेलले समेत राजीनामा दिने तयारी गरेको बताएका छन्।