काठमाण्डौ । माओवादी केन्द्रको कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालय पुगेका जेनजी प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
एमालेको च्यासलस्थित पार्टी कार्यालयमा तोडफोड र आगजनी गरी ठूलो संख्यामा माओवादी पार्टी कार्यालय पुगेको समूहलाई रोक्न प्रहरीले टियर ग्याँस हानेको हो ।


अहिले पेरिसडाँडा क्षेत्रमा झडप भइरहेको छ । प्रहरीमाथि प्रदर्शनकारी ढुंगा बर्साइरहेका छन् । अवस्था तनावग्रस्त बनेको हाम्रा संवाददाताले जनाएका छन् ।
त्यहाँ माओवादी पार्टी कार्यालयको सुरक्षाका लागि प्रहरी तैनाथ गरिए पनि प्रदर्शनकारी यति ठूलो संख्यामा छन् कि, अवस्था अभै बिग्रनसक्ने देखिएको छ ।

अहिले पनि त्यहाँ ढुंगा हानाहान चलिरहेको छ । प्रदर्शनकारीहरु माओवादी पार्टी कार्यालयतर्फ अगाडि बढेर आगजनीको प्रयास गरिरहेका छन् ।
