सोमबार, जेष्ठ ४,२०८३ 04:32:31
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:32:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिए

Laxmi Sunrise Bank Limited
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिए
Shivam Cement

काठमाण्डौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको निर्देशनमा आफ्नो पदबाट राजीनामा दिएका छन्।

राजीनामासँगै जारी वक्तव्यमा उनले भनका छन् कि देशभर जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु उनको लागि असह्य पीडा र गहिरो दुःखको विषय भएको छ। उनले दिवंगत आत्माहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

Bizshala
New Office
CG Motors

सतिशकुमार सिंहले आफ्नो राजीनामाबारे भनेका छन्, “जनताको विश्वास र मतबाट निर्वाचित भएर जनप्रतिनिधि बन्नु मेरो जीवनकै ठूलो गौरव थियो। तर नागरिकको जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिले मलाई आत्मसम्मानपूर्वक यो निर्णय लिन बाध्य बनायो। नागरिकको ज्यान भन्दा ठूलो अरु केही छैन भन्ने अटल विश्वासका साथ म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा गर्दछु।”

Garima Development Bank
Shivam Cement
IME remit

उनले संविधानले प्रदान गरेको शान्तिपूर्ण आन्दोलनको अधिकारको सम्मान गर्दै समस्या समाधानका लागि संवाद, आपसी समझदारी र सहकार्यको महत्त्व कायम रहने बताएका छन्।

साथै, मुख्यमन्त्री रहँदा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिँदै, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र पार्टीका सबै नेता, समिति तथा कार्यकर्ताप्रति कृतज्ञता व्यक्त गरेका छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.