काठमाण्डौ । प्रदर्शनकारी जेनजीहरुले काठमाण्डौमा रहेको सर्वोच्च अदालतको भवनमा पनि आगो लगाइदिएका छन् ।
रामशाहपथस्थित सर्वोच्चको मुख्य भवनमा प्रदर्शनकारीले आगो लगाइदिएका हुन् ।
उनीहरुले त्यहाँ न्यायालय समेत भ्रष्टाचारको केन्द्र बनेको भन्दै नाराबाजी गरेका थिए । अहिले रामशाहपथ, माइतीघर, थापाथली एरियामा पनि आगलागी भइरहेको छ । अवस्था तनावपूर्ण बनेको छ ।