सोमबार, जेष्ठ ४,२०८३ 04:34:03
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:34:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जनधनको क्षतिबाट मर्माहत सेनाको अपिल : ‘सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाऔं’

Laxmi Sunrise Bank Limited
जनधनको क्षतिबाट मर्माहत सेनाको अपिल : ‘सामाजिक सद्भाव र राष्ट्रिय एकता जोगाऔं’
Shivam Cement

काठमाण्डौ । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शान्तिपूर्ण व्यवहार अपनाउन सबैलाई आग्रह गरेको छ।

Bizshala
New Office
CG Motors

मंगलबार सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमार्फत जारी गरिएको वक्तव्यमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक संवेदना प्रकट गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

सेनाले विद्यमान संवेदनशील परिस्थितिलाई थप जटिल हुन नदिन सबै पक्षले सामाजिक सद्भाव र राष्ट्रिय एकताको रक्षा गर्नुपर्नेमा जोड दिएको छ। वक्तव्यमा भनिएको छ, “देशका ऐतिहासिक, सांस्कृतिक तथा राष्ट्रिय सम्पत्तिको संरक्षण हाम्रो साझा जिम्मेवारी हो। यस्तो कठिन समयमा संयमता र धैर्य अपनाउन सम्पूर्ण युवाशक्ति तथा नागरिकहरूमा हार्दिक अनुरोध गर्दछौं।”

Garima Development Bank
Shivam Cement
IME remit

साथै, नेपाली सेनाले परिस्थिति निरन्तर मूल्याङ्कन भइरहेको उल्लेख गर्दै राष्ट्र र जनताको सुरक्षाप्रति आफ्नो अटुट प्रतिबद्धता पुनः दोहोर्याएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.