काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा समेत आगजनी भएको छ । मंगलबार आक्रोशित जेनजी समूहका युवाहरुले काठमाण्डौको टंगालमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका हुन् ।
भदौ २३ गतेदेखि सुरु भएको जेनजी प्रदर्शनका क्रममा आज प्रदर्शनकारीहरुले राजनीतिक नेता, तथा सरकारी काार्यलयहरुमा तोडफोड तथा आगजनी गरिरहेका छन् ।
सोमबारको प्रदर्शनमा २० जना प्रदर्शनकारीको निधन भएपछि प्रदर्शनकारीहरु उग्र बनेका छन् । उनीहरुले देशका अन्य भागमा समेत तोडफोड तथा आगजनी गरेका छन् ।