काठमाण्डौ । काठमाडौंको कोटेश्वरमा भएको प्रदर्शनका क्रममा तीन प्रहरीको ज्यान गएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका डिआइजी ओम रानाले मंगलबार दिउँसो भएको उक्त घटनामा कोटेश्वर प्रभागका तीन जना प्रहरीको मृत्यु भएको जानकारी दिए।
यसैगरी, महाराजगन्ज र कालिमाटी क्षेत्रमा पनि क्षति भएको छ। डिआइजी रानाले ती क्षेत्रमा केही हताहत भएको हुन सक्ने बताए, तर यसको पुष्टि हुन बाँकी छ।