काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले आजदेखि निष्कासन गर्ने भनेको आईपीओ स्थगत गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै देशमा सिर्जना भएको विषम परिस्थितीलाई मध्यनजर गर्दै उक्त आईपीओ निष्कासन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
कम्पनीले आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको रु। १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गर्न लागेको थियो ।
कम्पनीले सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता छुट्टाएको छ । ल
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले पहिलो चरणअन्तर्गत गत साउन २८ गतेदेखि भदौ १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड भईसकेको छ ।