काठमाण्डौ । नेपाली सेनाले जेनजीको आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
‘जेनजी नेतृत्वको आन्दोलनका आन्दोलनका क्रममा कोही कसैले सुरक्षाकर्मीहरुबाट लुटिएका/फेला पारेका हातहतियार, गोलीगट्टा एवम् सुरक्षा सामग्रीहरु नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई यथाशीघ्र बुझाउनुहुन अनुरोध गरिन्छ, सूचनमा भनिएको छ ,‘त्यस्ता हातहतियारहरुको दुरुपयोग भई जनधनको क्षति हुनसक्ने भएकोले त्यस सम्बन्धी सूचना प्राप्त गर्नुहुने व्यक्तिहरुले सुरक्षा निकायलाई जानकारी गराउन र सम्बन्धितलाई हतियार बुझाउन प्रेरित गर्नुहुन अनुरोध गरिन्छ । साथै, यस संवेदनशील परिस्थितिमा सुरक्षा निकायका पोशाकहरुको अनाधिकृत प्रयोग नगर्नुहुन समेत अनुरोध छ ।’
साथै, उक्त हातहतियार र गोलीगट्टा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानून बमोजिम कारवाही हुने सेनाले चेतावनी समेत दिएको छ ।