काठमाण्डौ । चितवन जिल्ला सुरक्षा समितिले जिल्ला कारागार भरतपुरबाट भागेका कैदीबन्दीलाई प्रशासनको सम्पर्कमा आउन आग्रह गरेको छ । जिल्ला कारागार भरतपुरबाट बुधबार तोडफाड गरेर ७५० जना कैदीबन्दी भागेका थिए ।
सुरक्षा समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै कैदीबन्दीलाई प्रशासनको सम्पर्कमा आउन आग्रह गरेका हुन् । सूचनमा कारागार छोडेर निस्किएकै कारण कैदीबन्दीलाई फरक व्यवहार नगरिने तर, सम्पर्कमा नआए पक्राउ गरेर ल्याइने जनाइएको छ ।
कैदीबन्दीले प्रहरीको हातहतियार समेत लगेर गएकाले सो समेत फिर्ता गर्न आग्रह गरिएको छ ।