काठमाण्डौ । जंगी अड्डा आसपासको क्षेत्रमा को असली जेनजी भन्ने विषय आन्दोलनकारी युवाहरुबीच नै लफडा सुरु भएको छ ।
धराहरातर्फको क्षेत्रमा भेला भएका युवाहरुबीच आफूहरु नै असली जेनजी रहेको र जंगीअड्डाभित्र गएकाहरु नक्कली जेनजी रहेका भन्दै विवाद चर्किएपछि हात हालाहालसम्मको अवस्था बनेको हो ।
हाम्रा संवाददाताका अनुसार असली जेन जी हामी हौं, हामी हौं आन्दोलन गर्ने मुख्य मान्छे भन्दै जंगी अड्डा आसपासको क्षेत्रमा भेला हुने युवाहरुको संख्या निरन्तर बढिरहेको छ । ती युवाहरु एकअर्कालाई असली आफू रहेको र अरु चाहिँ नक्कली जेनजी रहेको भन्दै आरोप लगाएपछि हात हालाहालसँगै लफडा भइरहेको हो ।
कतिपय युवाहरुले आफूहरु जंगी अड्डामा रातभर छलफलमा रहेको दाबी गर्दै त्यहाँ कुरा नमिलेपछि बाहिरिएको दाबी समेत गरेका छन् ।
जंगी अड्डाभित्र गएका जेनजी नामका समूहमा पनि कोही एमालेका, कोही कांग्रेसका, कोही राजावादी, कोही रास्वपाको पक्षधरता लिने गरेका कारण सहमति हुन नसकेको समेत दाबी गरेका छन् ।
केहीले जेनजीलाई सेनाले म्यानुपुलेट गरिरहेको, राष्टपतिलाई अगाडि नसारी दुर्गा प्रसाईलाई ल्याएर माहौल बिगारिरहेको आरोप समेत लगाएका छन् ।