काठमाण्डौ । महाराजगञ्जस्थित शितल निवास अगाडि एउटा समूह पुगेर नाराबाजी गर्न थालेपछि नेपाली सेनाले बन्दूक तेस्र्याएर एक्सन लिएको छ ।
निषेधाज्ञा खुलेको समय पारेर कुलमान घिसिंग र हर्क साम्पांगका समर्थकहरुले शितल निवास अगाडि नै नाराबाजी र होहल्ला गरेपछि सेना हाई अलर्टमा बसेको हो ।


शितल निवास अगाडि भेला भएको सो जमातले भित्र हुने सहमति नमान्ने, अन्तरिम सरकारको प्रमुख कुलमान वा हर्कलाई बनाउनुपर्ने भन्दै नाराबाजी र प्रदर्शन गरेको थियो ।
त्यसपछि शितल निवास अगाडि सुरक्षार्थ खटिएको सेना हतियारसहित सडकमा सुतेर पोजिसन लिएको थियो । हतियारधारी सेनाले अहिले सो समूहलाई कब्जामा लिएर त्यहाँबाट हटाउन खोजिरहेको छ ।

त्यहाँ अप्रिय घटना हुनसक्ने खतरा बढेको भन्दै स्थानीय डराएका छन् । तनाव बढ्दै गएको छ ।