काठमाण्डौ । शितल निवासमा अन्ततः संसद विघटन गरी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति भएको छ।
हिजो रातभर र आज दिनभर चलेका विभिन्न छलफल र वार्ताहरुबाट जेनजी आन्दोलनकारीहरुले गरेको मागअनुसार नै प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको हो ।
यो सहमतिसँगै प्रतिनिधिसभा विघटन गर्ने र त्यसलगत्तै सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रक्रिया अगाडि बढाइएको छ ।
शितल निवासस्थित उच्च स्रोतहरुका अनुसार कार्कीको अडान र आन्दोलनरत जेनजीहरूको दबाबपछि राष्ट्रपति रामचन्द्र पौडेल संसद विघटन गरेर अन्तरिम सरकार गठनका तयार भएका हुन्।
यो सहमतिसँगै आजै संसद विघटन हुने र त्यसलगत्तै शितल निवासमा सुशीला कार्कीको सपथ हुनेछ ।
भोलिदेखि कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीको कार्यभार सम्हाल्ने छिन् । उनले भोलि केही जेनजी अभियन्ता र स्वतन्त्र व्यक्तित्वहरुलाई सहभागी गराई सानो आकारको मन्त्रीपरिषद बनाउने दाबी गरिएको छ ।