• आईतवार, भाद्र २९,२०८२ 07:50:36
Global IME Bank Limited

सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, रिपोर्टर्स क्लब तनावग्रस्त

Hyundai Nepal
सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, रिपोर्टर्स क्लब तनावग्रस्त

काठमाण्डौ । जेनजी आन्दोलनमा स्वयम्सेवकको रुपमा खटिएर पछि आफूलाई नेताको रुपमा प्रस्तुत गरेका ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ ।  

हातपातपछि अहिले रिपोटर्स क्लबको सभाहल तनावपूर्ण बन्न पुगेको छ । उनलाई शुभेच्छुक र केही पत्रकारलाई क्लबको कुनामा घेरेर सुरक्षित राखेका छन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

घटनास्थलमा भर्खरै प्रहरी पुगेको छ ।  

रिपोर्टर्स क्लबमा सो समूहले आज पत्रकार सम्मेलनको आयोजना गरेको थियो । त्यस क्रममा सुदन निकै उत्तेजक शैलीमा प्रस्तुत भएका थिए ।

पत्रकारहरुले गरेको प्रश्नको उत्तर दिन छाडेर आफ्ना कुरा मात्र राखेपछि त्यहाँ विरोध भएको थियो । सो क्रममा उनले आन्दोलनका क्रममा मरेका जेनजीहरुको आफूलाई कुनै मतलब नभएको, आन्दोलनमा भएको क्षतिको आफूले जिम्मा नलिने अभिव्यक्ति दिएपछि पत्रकार तथा यूट्यूबरहरु आक्रोशित बन्न पुगेका थिए ।  

बोल्ने क्रममा उनलाई पत्रकारहरुले र्याख र्याख्ती पार्दै अवस्था झन तनावपूर्ण बनेको थियो । उनले पत्रकारहरुलाई अपशब्द प्रयोग गरेपछि हात हालाहालको अवस्था बनेको हो ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.