• सोमबार, भाद्र ३०,२०८२ 01:29:04
Global IME Bank Limited

बालेनका सल्लाहकार अर्याललाई गृहसहित कानून मन्त्रालयको जिम्मेवारी

Hyundai Nepal
बालेनका सल्लाहकार अर्याललाई गृहसहित कानून मन्त्रालयको जिम्मेवारी

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन शाह)को कानूनी सल्लाहकारको रुपमा लामो समयदेखि काम गरिरहेका अधिवक्ता ओमप्रकाश अर्याल पनि मन्त्री बन्ने भएका छन् ।  

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई मन्त्री बन्न आग्रह गरे पनि उनले लिने मन्त्रालयको विषयमा कुरा मिलिरहेको थिएन । अर्याल आफैंले पनि अहिले नै मन्त्री बन्ने वा अन्तरिम सरकारले गराउने चुनावमा सहभागी भएर जनप्रतिनिधि बन्ने भन्ने विषयमा टुंगो दिएका थिएनन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

तर आइतबार दिउँसोदेखि निकै लामो चलेको छलफलका क्रममा गृहमन्त्रालय समेत पाउने भएपछि अन्तरिम मन्त्रिपरिषदमा सहभागी हुन अर्याल सहमत भएका हुन् । उनलाई प्रधानमन्त्री कार्कीले गृह र कानूनमन्त्री नियुक्त गरेकी छिन् ।  

उनले जेनजी आन्दोलनपछि राष्टपतिसँग भएका प्रत्येक वार्तामा सक्रियतापूर्वक सहभागिता जनाएका थिए । उनलाई वार्ताका क्रममा बालेन शाहको प्रतिनिधिको रुपमा समेत हेरिएको थियो ।

 अर्यालसहित पूर्व अर्थसचिव रहेका डा. रामेश्वर खनाल अर्थमन्त्रीमा नियुक्त भएका छन् भने नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मन्त्रीमा नियुक्त तीनजनाको सपथ भने सोमबार हुने भएको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.