• सोमबार, भाद्र ३०,२०८२ 04:33:44
Global IME Bank Limited

चाडपर्वलक्षित सहुलियत पसल आजबाट सञ्चालनमा

Hyundai Nepal
चाडपर्वलक्षित सहुलियत पसल आजबाट सञ्चालनमा

काठमाण्डौ । चाडपर्वलक्षित सुहलियत पसल आज सोमबारबाट देशका विभिन्न स्थानमा सञ्चालन आएका छन् । दसैं, तिहार र छठपर्वलाई लक्षित गरेर सरकारले आमउपभोक्ताका लागि ४५ जिल्लाका १११ वटा सुपथ मूल्य पसल सञ्चालन गर्दैछ ।  

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक बिक्री भईरहेको बिक्री कक्षबाटै सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका हुन् । यसअघिका वाषर््हरुमा भनेृ अतिरिक्त स्थानमा समेत बिक्री कक्ष स्थापना गरिन्थ्यो । तर हाल देशमा सिर्जित अवस्थाका कारण दैनिक बिक्री भईरहेको बिक्री कक्षबाटै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

खाद्य व्यवस्था कम्पनीद्वारा थापाथली र रामशाहपथमा सञ्चालित पसल बिहान ७ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन हुनेछ । उपत्यका बाहिर भने बिहान १० बजेदेखि साझ ५ बजेसम्म खुला रहनेछ ।  

खाद्य व्यवस्था कम्पनीले चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट हुनेछ । त्यसैगरी चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो सात रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाण्डौ उपत्यकामा तीनवटा घुम्ती पसलसहित १५ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने जनाइएका छ । उपत्यका बाहिर भने २३ वटा जिल्लाका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा आउनेछन् ।  

साल्ट ट्रेडिङले नुन प्रतिकेजीमा २  रुपैयाँ, चिनीमा ५ रुपैयाँ, तेल लिटरमा ७ रुपैयाँ, चिउरा,पिठो, मैदा र दालमा ७ रुपैयाँ, गेडाग्ुडीमा १० देखि २० र मरमसलामा १०देखि १५ रुपैयाँ छुटको व्यवस्था गरेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.