काठमाण्डौ । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलीस्वरूप आगामी असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
यसैगरी, आन्दोलनका क्रममा शहीद भएका सबैलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने व्यवस्था मिलाइने सरकारका प्रवक्ताले जानकारी दिएका छन्।