• मंगलवार, भाद्र ३१,२०८२ 08:16:08
Global IME Bank Limited

जेनजी आन्दोलनमा क्षतिग्रस्त टाटा मोटर्स ब्युँतिदै, अस्थायी स्टलमार्फत धमाधम गाडी बिक्री

Hyundai Nepal
जेनजी आन्दोलनमा क्षतिग्रस्त टाटा मोटर्स ब्युँतिदै, अस्थायी स्टलमार्फत धमाधम गाडी बिक्री
Shivam Cement

काठमाण्डौ । जेनजी प्रदर्शनका कारण सार्वजनिक सम्पत्तिसँगै निजी सम्पत्तिमा समेत ठूलो क्षति पुगेको छ । भदौ २३ र २४ गते भएको जेनजी समूहको प्रदर्शनबाट  निजी क्षेत्रको अटो क्षेत्रमा प्रतिकुल असर पारेको छ ।  

विशेषगरी नयाँ ब्रान्डदेखि पुराना ब्रान्डसम्म अधिकांश गाडीका शोरुम थापाथलीमा रहेकाले यो क्षेत्रलाई अटो सेक्टरको हबको रुपमा लिइन्छ । सोही क्षेत्रमै रहेको टाटा मोटर्सको शोरुममा पनि जेनजी समूहको प्रदर्शनबाट ठूलो क्षति पुगेको छ ।  

टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा।लि।ले शोरुममा भएको क्षतिपश्चात् आइतबार देखि नै अस्थायी भौतिक संरचनामार्फत टाटा मोटर्सका विभिन्न मोडलका गाडीहरु धमाधम बिक्री गर्न थालेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

जेनजी समूहको उक्त प्रदर्शनका कारण टाटा मोटर्सका चारवटा गाडी जलेर ठूलो क्षति पुगेको थापाथली शोरुम सेल्स म्यानेजर अभिरुची गिरीले बताइन् । ‘भदौ २४ गते भएको जेनजी समूहको प्रदर्शनबाट अटो सेक्टरमा समेत ठूलो क्षति पुगेको छ, जुन निन्दनीय छ’ उनले भनिन्, ‘टाटा मोटर्सका चारवटा गाडी त जलेर नष्ट नै भएका छन्, दुईवटा गाडी भने चोरी भएका थिए तर अहिले हामीले चोरी भएका गाडी भने पाइसकेका छौं ।’

टाटा मोटर्सका पञ्च इभी, टियागो इभी, नेक्सन के–३, कर्भ इभीहरु जलेर ध्वस्त भएको उनले बताईन् । ‘चारवटा इभीहरु त जलेर ध्वस्त नै भएका छन्, त्यो बाहेक आइसी इन्जिन भएका ९इन्धनबाट सञ्चालन हुने० गाडीहरुमा पनि क्षति पुगेको छ’ उनले भनिन्, ‘ठ्याक्कै क्षतिको मूल्यांकन भइसकेको छैन, विशेषगरी ७ वटा गाडीमा ठूलै क्षति भएको छ त्यसमध्ये ४ वटा जलेका छन् भने तीनवटा गाडीमा क्षति पुगेको छर तर के–कति क्षति भयो भन्ने टिमले क्षति मूल्यांकन गरिरहेको छ, अब हाम्रो ३० लाख रुपैयाँदेखि एक करोड ३० लाख रुपैयाँसम्मको गाडी पनि जलेको छ ।’

टाटा मोटर्सको गाडी सहित सम्पत्तिमा पनि ठूलो क्षति पुगेको उनले बताइन् । ‘हाम्रो गाडी शोरुममा पनि ठूलो क्षति पुगेको छ, गाडीसँगै सम्पत्तिमा क्षति पुगेकाले बीमा दाबीका लागि कम्पनीहरुबाट सर्भेयर आएर क्षतिको मूल्यांकन गर्ने काम भइरहेको छ’ उनले भनिन्, ‘बीमा दाबीका लागि हाम्रो फरक–फरक कम्पनीमा बीमा भएकाले सर्भेयरको काम तीव्र रुपमा अघि बढीरहेको छ, तर हामीले गत आइतबारदेखि नै अस्थायी आउटलेटमार्फत गाडीहरु बिक्री वितरण अघि बढाइसकेका छौं ।’

दशैंको समयमा जेनजी आन्दोलनका कारण अटो व्यवसायमा धक्का पुगेको उनले बताईन् । ‘दशैंको सिजन छ, कतै न कतैबाट अटो सेक्टरमा व्यापारको लागि यो समय उचित मानिन्छ तर जेनजी आन्दोलनले टाटा मोटर्स लगायत अन्य कम्पनीहरुमा पनि क्षति पुर्याएको छ, जुन यो अटो सेक्टरका लागि दुखद् विषय हो’ उनले भनिन्, ‘केही हदसम्म सम्पत्ति र गाडीको बीमाले कभर गर्ने हुँदा ठूलो क्षति हुनबाट बचेको छ, तर टाटा मोटर्सले यस्तो अवस्था बेहोरेर पनि पुनः व्यँुतिएको छ, अहिले हामीले अस्थायी स्टलमार्फत टाटा मोटर्सका विभिन्न मोडलका गाडीहरु बिक्री वितरणमा राखिसकेका छौं ।’

देशमा भएको हुलदंगाको विषम् परिस्थितिबाट अटो क्षेत्र गुज्रिएपनि टाटा मोटर्स हार नमानी अघि बढीरहेको छ । अहिले कम्पनीले आफ्ना सबै मोडलका गाडीहरु अस्थायी स्टलमार्फत धमाधम बिक्री गर्दै आएको छ । थापाथलीस्थित टाटा मोटर्सको शोरुमको पछाडी भागमा कम्पनीले अस्थायी स्टल बनाएर सबै मोडलका गाडीहरु बिक्रीमा राखिएको गिरीले बताइन् ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.