काठमाण्डौ । मनकामना केबलकार आजदेखि पुनः नियमित सञ्चालनमा आएको छ । जेनजी आन्दोलनका कारण गत भदौ २५ गतेदेखि बन्द रहेको मनकामना केबलकार पुनः सञ्चालनमा आएको हो ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना–४ कुरिनटार चेरेसबाट १० मिनेटमा पुग्ने गरी २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।
प्रतिष्ठित उद्यमी लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना र लगानीमा निर्माण सम्पन्न भएको मनकामना केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो ।