काठमाण्डौ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रमममा आगजनी तथा तोडफोड भएका भाटभटेनी सुपरमार्केट स्टोरका कुनैपनि कर्मचारीले जागिर गुमाउनु नपर्ने तथा सेवासुविधाबाट बञ्चित नहुनु पर्ने भएको छ ।
कम्पनीले उक्त स्टोरहरु सञ्चालनमा नआईसकेता पनि कर्मचारीहरुले जागिर गुमाउनु नपर्ने जनाएको हो ।
हाल भाटभटेनीमा १० हजार कर्मचारी कार्यरत छन् । आगजनी र तोडफोडका कारण रोजीरोटी गुम्ने त्रासमा रहेका कर्मचारी जागिर नगुम्ने भएसँगै उत्साहित भएका छन् ।
आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा सुपरस्टोरमा आगजनी,लुटपात तथा तोडफोड भएको थियो । जसबाट कम्पनीलाई करडौंको क्षति पुगेको छ । देशभर कम्पनीका २८ वटा सुपरस्टोर रहेका छन् ।
हाल भाटभटेनीका १६ वटा सुपरस्टोर सञ्चालनमा आएका छन् भने अझै १२ वटा स्टोर बन्द अवस्थामा छन् । बन्द भएका सुपरस्टोरका कर्मचारीलाई खुला भएकोमा काममा लगाइएको छ ।