• शुक्रबार, आश्विन ३,२०८२ 05:44:37
Global IME Bank Limited

क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निश्कर्षमा पुर्याउने निर्जीवन बीमा व्यवसायी संघको प्रतिवद्धता

Hyundai Nepal
क्षतिको दाबी भुक्तानी प्रक्रिया शीघ्र निश्कर्षमा पुर्याउने निर्जीवन बीमा व्यवसायी संघको प्रतिवद्धता
Shivam Cement

काठमाण्डौ । नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी भुक्तानी प्रक्रीया शीघ्र निश्कर्षमा पुर्याउन प्रतिवद्ध रहेको जनाएको छ । बीमा गरेका सवारी साधन तथा भौतिक संरचनाको क्षतिको यथार्थ विवरण सहित सम्वन्धित निकायमा प्रक्रीया अघि बढाउन संघले आग्रह समेत गरेको छ ।  

वर्तमान अवस्थामा बीमाको महत्व झनै बढेको सन्दर्भमा, बीमा कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्व पूरा गर्दै बीमितको क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया तीव्र रूपमा अगाडि बढाइरहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

बीमित सम्पत्तिमा भएको क्षतिको यथाशीघ्र मूल्यांकन गरी, क्षति विवरणको आधारमा दाबी भुक्तानी प्रक्रिया शीघ्र निष्कर्षमा पुर्याउने संघले स्पष्ट पारेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल निर्जीवन बीमा व्यवसायी संघले प्रेस विज्ञप्ति जारी गर्दै देशभर जारी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रति हार्दिक श्रद्धाञ्जली समेत अर्पण गरेको छ । संघले पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

आन्दोलनका क्रममा राष्ट्रपतिको भवन, संसद भवन, सुरक्षानिकाय, प्रशासकीय संरचना, निजी सम्पत्ति, उद्योग, व्यापार, यातायात लगायतका भौतिक संरचनामा भएको क्षतिको गहिरो दुःख व्यक्त गर्दै संघले बीमा कम्पनीहरूलाई यस संकटको समयमा दाबी भुक्तानीलाई प्राथमिकतामा राखेर काम गर्न मातहतका निकायमा आह्वान गरेको छ ।

संघका अध्यक्ष राजेन्द्र मल्लले बीमितहरूले आफ्नो क्षतिको विवरणसहित आवश्यक कागजातहरू चाँडो बीमा कम्पनीमा बुझाई दाबी प्रक्रिया सहज बनाउने कार्यमा सहयोग गर्न अपिल गरेका छन् ।  

साथै, बीमा कम्पनीहरूले पनि दाबी भुक्तानी प्रक्रिया छिटो टुंगोमा पुर्याउने उद्देश्यका साथ काम गरिरहेको अध्यक्ष मल्लले बताए ।  

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.