सोमबार, जेष्ठ ४,२०८३ 01:09:18
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:09:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

देउवा र दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली पुग्यो

Laxmi Sunrise Bank Limited
देउवा र दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभागको टोली पुग्यो
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक खड्काको घरमा सम्पत्ति शुद्धीकरण विभाग (एसीसी)को टोली पुगेको छ। हरिहर भवनस्थित विभागबाट एसपी नवरत्न पौडेलसहितको टोली आइतबार उनीहरूको निवासमा पुगेको उच्च स्रोतले जानकारी दिएको छ।

Bizshala
New Office
CG Motors

विभाग स्रोतका अनुसार, टोलीले मुचुल्का उठाउने काम पूरा गरेको छ भने अन्य अनुसन्धान प्रक्रिया पनि अघि बढाइरहेको छ।

जेनजी आन्दोलनका क्रममा यी दुवै नेताको घर प्रदर्शनकारीहरूले जलाएका थिए। त्यसपछि घरमा ठूलो मात्रामा नगद रकम रहेको भन्दै केही भिडियोसमेत सार्वजनिक भएको थियो।

बुढानीलकण्ठस्थित देउवाको घरमा डॉलर र नेपाली रुपैयाँका जलेका नोटका टुक्रा भेटिएका थिए। यसैगरी, पैसा राख्ने सुरुङ समेत रहेको दाबी गरिएका थिए।

Garima Development Bank
Shivam Cement
IME remit

पूर्वऊर्जामन्त्री दीपक खड्काको घरबाट पनि केही रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो। सार्वजनिक भिडियोहरूमा केही रकम उड्दै गरेको दृश्य देखिएको थियो। यही कारण आइतबार विभागको टोलीले मुचुल्का संचालन गरेको हो।

विभागका स्रोतले बताएअनुसार, मुचुल्कामा जलेको घरको अवस्था, रकम रहेको स्थान र सुरुङको अवस्थासमेत विवरण लिइएको छ। यसपछि अनुसन्धानको अर्को चरण अघि बढाइनेछ।

यता देउवाको सचिवालयले विज्ञप्ति जारी गर्दै सुरुङ र नगद रकम नभएको दाबी गरेको थियो। सचिवालयको अनुसार, देखाइएको सुरुङ वास्तवमा पानी ट्यांकी भएको जानकारी दिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.