सोमबार, जेष्ठ ४,२०८३ 01:09:26
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:09:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अर्थमन्त्रीको इमेलमा गुनासोको लहर, ६ घण्टाभित्र १६६ वटा कम्प्लेन !

Laxmi Sunrise Bank Limited
अर्थमन्त्रीको इमेलमा गुनासोको लहर, ६ घण्टाभित्र १६६ वटा कम्प्लेन  !
Shivam Cement

काठमाण्डौ । अन्तरिम सरकारका अर्थमन्त्री डा. रामेश्वर खनालले इमेलबाट अर्थमन्त्रालय मातहतका निकायका काम कार्यबाहीको विषयमा बग्रेल्ती गुनासाहरु प्राप्त भएको बताएका छन् ।  

डा. खनालले मंगलबार साँझ एक स्टाटस पोस्ट गर्दै छोटो समयमा निकै धेरै गुनासोहरु इमेलमा आएको बताएका हुन् । 

Bizshala
New Office
CG Motors

'१६६ वटा इमेलहरू अर्थ मन्त्रालयको गुनासो मेलबक्समा र मेरो आधिकारिक इमेल आईडीमा यस प्रणाली सुरु गरिएको करिब छ घण्टामै प्राप्त भए। करिब दुई दर्जन इमेलमा जवाफ दिइयो र अधिकांशमा आवश्यक कारबाही गरियो।' मन्त्री खनालले भनेका छन् - 'बाँकीलाई सकेसम्म चाँडै जवाफ दिइनेछ। यसले मानिसहरू/संस्थाहरूले भोगेका समस्याको समाधान खोज्न सिंहदरबारमा व्यक्तिगत रूपमा जानुपर्ने आवश्यकता हटाउनेछ।'

Garima Development Bank
Shivam Cement
IME remit

अर्थ मन्त्रालयले आफू मातहतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा बित्तीय संस्थाहरुबाट प्रवाह हुने सेवामा कर्मचारीले गर्नुपर्ने कार्य नगरेको, नगर्नुपर्ने कार्य गरेको वा अनुचित कार्यको लागि दवाब दिएको एवम् घूस तथा रिसवत माग गरेको लगायतका कुनै पनि प्रकारको अनावश्यक ढिलासुस्ती वा सेवा प्रवाहमा कठिनाई सिर्जना भएको अवस्थामा दुईवटा इमेल वा टोल फ्रि नम्बरमा सोझै गुनासो गर्न सकिने व्यवस्था गरेको थियो ।  

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.