काठमाण्डौ । मन्जुश्री फाइनान्स लिमिटेडले १८ औंं वार्षिक साधारण सभा डाकेको छ । असोज ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असोज ३१ गते काठमाण्डौको नयाँ बोनेश्वरमा रहेको थापागाँउ ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम १५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, नियमावलीमा रजिष्टर्ड कार्यालय रहने स्थान संशोधन गर्ने, अन्य उपयुक्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने÷गाभिने, प्राप्ति तथा वैदेशिक रणनीतिक साझेदारीमा जाने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
यस्तै आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।