सोमबार, जेष्ठ ४,२०८३ 11:57:53
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 11:57:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विभिन्न व्यक्तिले लुकाएको स्रोत नखुलेको पैसाबारे अनुसन्धान भइरहेको छ: अर्थमन्त्रालय*

१० लाखभन्दा बढी कारोबार बैंकमार्फत गर्नैपर्ने, नगद लुकाए कारबाही हुने

Laxmi Sunrise Bank Limited
विभिन्न व्यक्तिले लुकाएको स्रोत नखुलेको पैसाबारे अनुसन्धान भइरहेको छ: अर्थमन्त्रालय*
Shivam Cement

काठमाण्डौ । अर्थ मन्त्रालयले विभिन्न व्यक्तिहरूले स्रोत नखुलेको नगद रकम लुकाएको आशंकामा सरकार गम्भीरतापूर्वक अनुसन्धानमा जुटेको जनाएको छ।

आइतबार जारी सूचनामा मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमार्फत छानबिन भइरहेको जानकारी दिँदै प्रचलित कानुनअनुसार आयस्रोत खुलेको धनराशि जुनसुकै परिमाणमा सुरक्षित राख्न वा प्रयोग गर्न कुनै रोकावट नरहेको स्पष्ट पारेको छ। तर, स्रोत नखुलेको रकम लुकाइएको सूचना प्राप्त भएकाले मनी लाउन्डरिङ निवारण ऐन, २०६४ अनुसार अनुसन्धान अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

Bizshala
New Office
CG Motors

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा विभिन्न ठाउँमा नगद जलेको वा जलेको अवस्थामा भेटिएको भन्ने समाचार र सामाजिक सञ्जालमा आएका सूचनाप्रति पनि मन्त्रालयले गम्भीर ध्यानाकर्षण जनाएको छ।

मन्त्रालयले नगद कारोबारका कानुनी प्रावधानहरू पनि स्मरण गराउँदै एकपटकमा १० लाख रुपैयाँ वा सोभन्दा बढीको लेनदेन बैंकिङ उपकरणमार्फत गर्नैपर्ने व्यवस्था रहेको बताएको छ। त्यस्तै, नेपाल भित्रिने नेपाली वा विदेशी नागरिकले अधिकतम अमेरिकी डलर ५ हजार बराबरको नगद मात्र भन्सार घोषणा नगरी ल्याउन सक्ने, सोभन्दा बढी भएमा घोषणा अनिवार्य हुने नियम लागू हुने स्पष्ट पारेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

त्यसैगरी, वैदेशिक रोजगार, व्यापार वा सटहीमार्फत वैध रूपमा आर्जन गरिएको विदेशी मुद्रामध्ये नेपाली नागरिकले भविष्य उपयोगका लागि अधिकतम अमेरिकी डलर १५ सय बराबरको नगद राख्न सक्ने व्यवस्था रहेको मन्त्रालयले अवगत गराएको छ।

स्रोत नखुलेको नगद भेटिएमा कानुनअनुसार अनुसन्धान र कारबाही हुने मन्त्रालयले जनाएको छ। साथै, सरकारले नगद प्रयोगभन्दा विद्युतीय कारोबारलाई प्राथमिकता दिन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अर्थमन्त्रालयले जारी गरेको सूचना यस्तो छः

सम्वत् २०८२ भाद्र २३ र २४ गते जेनजी आन्दोलनको क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट आगजनी हुँदा विभिन्न स्थानमा नगद समेत जलेको वा जलेको अवस्थामा भेटिएको भन्नेसूचना सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट प्राप्त भएको सन्दर्भमा यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।

नेपाल सरकारले सेवा वा वस्तुको खरिद विक्री वा अन्य कारोवार वित्तीय संस्था वा बैङ्किग उपकरण मार्फत गर्ने गरी विद्युतीय कारोवारलाई प्रोत्साहित गरिरहेको छ। विद्युतीय भुक्तानी मार्फत जुनसुकै सीमा सम्मको रकमको कारोवार गर्न सकिने भएकोले ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नु पर्ने आवश्यकता छैन। अतः आफ्नो जुनसुकै कारोवार सम्भव भएसम्म विद्युतीय भुक्तानी मार्फत गर्न सबैमा हार्दिक अनुरोध छ।  

प्रचलित कानुन बमोजिम आय आर्जन भएको र स्रोत खुलेको रकमको जुनसुकै परिमाण आफूसँग वा अन्य स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै वाधा व्यवधान नरहेको व्यहोरा समेत जानकारी गराईन्छ। तर, विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको भन्ने सम्वन्धमा सम्पत्तिशुद्धीकरण (मनीलाउण्डरिङ्ग) निवारण ऐन, २०६४बमोजिमअनुसन्धान भैरहेको छ।

कुनै व्यक्तिले नगदमा कारोबार गर्ने सम्बन्धमा विद्यमान कानूनी व्यवस्था देहाय बमोजिम रहेको व्यहोरा समेत सबैमा जानकारी गराईन्छ;

(क) कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दशलाख रुपैया वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोवार गर्दा बैङ्किग उपकरणमार्फत गर्नुपर्ने। तर, करसम्बन्धी प्रचलित कानूनले सीमा तोकेकोमा सोहीबमोजिम हुने।

(ख) नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० (पाँच हजार) सम्म (भारतीय रूपैंयाको हकमा अमेरिकी डलर ५,०००बराबर हुन आउने भारतीय रूपैंया सम्म र नेपाल राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५,००० बराबर सम्म)भन्सार घोषणा विना नेपालमा भित्र्याउन सक्ने र सो भन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने व्यवस्था रहेको।

(ग) नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधा अन्तर्गत प्राप्त गरेको विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर १,५००  (एक हजार पाँचसय) वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्नेव्यवस्था रहेको।

उल्लिखित कानुनी व्यवस्था वाहेक स्रोत नखुलेको नगद कहीं कतै भेटिएको अवस्थामा प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारवाहीगर्न सबै निकायलाई सक्रिय गराइएको व्यहोरा जानकारी गराईन्छ।

मिति: 2082 असोज १२ गते आइतबार

*यसअघिको समाचारको हेडलाइन र केही न्यूज कन्टेन्ट विषयवस्तुको संवेदनशीलतालाई ध्यानमा राखी सम्पादन गरिएको छ ।  

-सम्पादक

Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.