सोमबार, जेष्ठ ४,२०८३ 11:58:41
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 11:58:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीपी राजमार्गमा १० बजेपछि आवागमन बन्द, पृथ्वी राजमार्ग पनि प्रभावित

Laxmi Sunrise Bank Limited
बीपी राजमार्गमा १० बजेपछि आवागमन बन्द, पृथ्वी राजमार्ग पनि प्रभावित
Shivam Cement

काठमाण्डौ । लगातार वर्षाले पहिरोको जोखिम बढेपछि सडक विभागले बीपी राजमार्गमा आज बिहान १० बजेपछि सवारी आवागमन पूर्ण रूपमा रोक्ने निर्णय गरेको छ।

Bizshala
New Office
CG Motors

विभागका अनुसार बिहानैदेखि राजमार्गमा प्रवेश गरिसकेका सवारी साधनलाई पास गरिएको भए पनि अब १० बजेपछि नयाँ गाडी पठाइने छैन।

यस्तै, पृथ्वी राजमार्गमार्फत काठमाडौं आउने गाडीलाई कुरिनटारमा रोकिने र काठमाडौंबाट बाहिरिने गाडीलाई नागढुंगामै रोकिएको विभागले जनाएको छ।

सडक अवरुद्ध भएपछि ट्राफिक प्रहरीले नागढुंगा चेकपोस्टमा माइकिङ गर्दै चालकहरूलाई काठमाडौं फर्कन आग्रह गरिरहेको छ। प्रहरीका अनुसार धादिङका विभिन्न स्थानमा ठूलो पहिरो खसेको र तत्काल सडक खुल्ने अवस्था नरहेकाले यात्रु तथा चालकलाई अनावश्यक जोखिम नलिन अनुरोध गरिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

ट्राफिक प्रहरीले भनेको छः-“धादिङ क्षेत्रमा ठूलो पहिरो खसेको छ। तत्काल सडक खोल्न सकिँदैन। यात्रु तथा चालक महानुभावहरूलाई सुरक्षित रूपमा काठमाडौं फर्किन हार्दिक अनुरोध गर्दछौं।”

चितवन प्रहरीले पनि मुग्लिन–नारायणगढ सडक खण्डमा आवागमन पूर्ण रूपमा रोकिएको र पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको जानकारी दिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.