सोमबार, जेष्ठ ४,२०८३ 11:58:25
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 11:58:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मन्त्री कुलमान घिसिङ विभागीय प्रमुखहरूसँग आपतकालीन बैठकमा

Laxmi Sunrise Bank Limited
मन्त्री कुलमान घिसिङ विभागीय प्रमुखहरूसँग आपतकालीन बैठकमा
Shivam Cement

काठमाण्डौ । अविरल वर्षाले देशभर जोखिम बढिरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आज बिहान ११ बजे सम्बन्धित विभागीय प्रमुखहरूसँग आकस्मिक बैठक बोलाएका छन्।

Bizshala
New Office
CG Motors

मन्त्री घिसिङको सचिवालयका अनुसार बैठकमा सडक सुरक्षा, बाढी–पहिरो र सम्भावित डुबानजस्ता विपद् व्यवस्थापनमा तत्काल अपनाउनुपर्ने कदमबारे छलफल हुने छ। त्यस्तै, जनधनको क्षति कम गर्न आवश्यक निर्देशनहरू पनि दिने तयारी छ।

हालको वर्षा अझै बढ्ने पूर्वानुमान भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, पहिरो प्रभावित क्षेत्रमा आवश्यक मेसिन–उपकरण तयारी अवस्थामा राख्ने, र अत्यावश्यकबाहेक यात्रामा रोक लगाउनेजस्ता सरकारी निर्णयहरूको कार्यान्वयन अवस्था समेत बैठकमा मुख्य एजेन्डा हुने जनाइएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

सरकारले यसअघि गरेका निर्णयहरू कत्तिको प्रभावकारी रूपमा कार्यान्वयन भइरहेका छन् भन्नेबारे पनि मन्त्री घिसिङ विभागीय प्रमुखहरूसँग प्रत्यक्ष रूपमा जानकारी लिँदै थप कदम चाल्ने तयारीमा छन्।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.