सोमबार, जेष्ठ ४,२०८३ 10:34:42
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:34:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बाढीपहिरोपछिको राहात तथा उद्धारको काममा सरकार र जेनजीले सहकार्य गर्ने, सिंहदरबारको बैठकमा पुगे सुदन

Laxmi Sunrise Bank Limited
बाढीपहिरोपछिको राहात तथा उद्धारको काममा सरकार र जेनजीले सहकार्य गर्ने, सिंहदरबारको बैठकमा पुगे सुदन
Shivam Cement

काठमाण्डौ । देशभरि निरन्तर वर्षा भई बाढी र पहिरोको जोखिम बढ्दै गएपछि गृह मन्त्रालयले उद्धार र प्रतिकार्यका लागि जेन–जीलाई समेत परिचालन गर्ने निर्णय गरेको छ। मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन निरन्तर वर्षा हुने चेतावनी दिएको समयमा मन्त्रालयले सिंहदरबारमा जेन–जीका केही अगुवालाई बोलाएर जोखिम व्यवस्थापन योजना बनाएको हो।

Bizshala
New Office
CG Motors

मन्त्रालयका एक अधिकारीले भने, “यो सरकारलाई कुनै पनि हालतमा कमजोरी देखाउन छुट छैन। त्यसैले सबैको सहयोग लिएर प्रतिकार्यमा कुनै कसर बाँकी नराख्ने योजना बनाएका हौं। अहिले विभिन्न जिल्लाबाट फोन आइरहेका छन् र समन्वय गर्नुपर्ने काम धेरै छन्। आज रातभरि सबै सम्भावित जोखिम क्षेत्रमा परिचालन गर्न खोजेका छौं।” 

यसक्रममा स्वयंसेवी समूहका १०० ग्रुपसहितका जेन–जी अगुवा पनि बैठकमा सहभागी थिए।

शनिबार अपराह्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा जेन–जी नेता सुधन गुरुङ पनि उपस्थित थिए। बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेशप्रसाद भट्ट पनि सहभागी थिए। सुधन गुरुङले अड्किएका व्यक्तिहरूको पहिचान गर्नु, प्रत्येक जोखिम क्षेत्रमा सेल्टर निर्माण गर्नु, खाना, पानी र रासनको व्यवस्था सुनिश्चित गर्नु आवश्यक रहेको बताए। उनले उद्धार कार्यमा एम्बुलेन्स, हेलिकोप्टर र मोटरबोटलाई प्राथमिकतामा राख्नुपर्ने पनि जोड दिए।

Garima Development Bank
Shivam Cement
IME remit

बैठकमा प्राधिकरणले टेन्टहरू टीआईएमा राखिएको र आवश्यक परे प्रदेश सरकारलाई हस्तान्तरण गरिने जानकारी गरायो। सशस्त्र प्रहरीसँग ९६ राफ्ट र ३३ मोटरबोट तयारी अवस्थामा रहेका छन् भने सेनाबाट हेलिकोप्टर परिचालन भइरहेको छ। सुधनले भने, “हाई स्पीड मोटरबोट अर्बन नदीमा काम नलागे पनि, तराईका समुदाय, जस्तै गौर, लालबकैया, मा अत्यन्त उपयोगी छ। जीवनरक्षक उपकरण पर्याप्त मात्रामा हुनु जरुरी छ।”

यस पटकको विपद् व्यवस्थापनमा सरकार, प्राधिकरण र जेन–जीबीचको सहकार्य स्पष्ट देखिएको छ। गृह मन्त्रालय र प्राधिकरणले जोखिमको समयमै स्थानीय र राष्ट्रिय स्तरमा समन्वय गरेर उद्धार प्रणाली तत्पर बनाएका छन्। सुधन गुरुङको सक्रियताले प्राधिकरणलाई व्यापक दृष्टिकोणमा तयारी र प्राथमिकता निर्धारण गर्न सजिलो बनाएको छ। अब, जहाँ मानिस अलपत्र छन्, त्यहाँ शीघ्र उद्धार, खाना–पानी र स्वास्थ्य सेवा पुग्ने सुनिश्चितता बनाइरहेको छ।

विशेषज्ञहरूले आगामी तीन दिन निरन्तर वर्षा हुने पूर्वानुमानका कारण उद्धार संयन्त्रको सक्रियता अझ महत्वपूर्ण हुने बताएका छन्। यस पहलले देखाउँछ कि सरकार, प्राधिकरण र नागरिक नेतृत्वले हातेमालो गर्दा कठिन परिस्थितिमा पनि जीवन सुरक्षित राख्न सकिन्छ, र जेन–जीको सक्रिय सहभागिता त्यसमा निर्णायक भूमिका खेल्नेछ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.