सोमबार, जेष्ठ ४,२०८३ 10:33:49
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:33:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बाढीपहिरोका कारण देशभरका यी राजमार्ग अवरुद्ध

Laxmi Sunrise Bank Limited
बाढीपहिरोका कारण देशभरका यी राजमार्ग अवरुद्ध
Shivam Cement

काठमाण्डौ । अविरल वर्षासँगैको बाढीपहिरो र डुबानका कारण देशभरका मुख्य तथा सहायक राजमार्गहरुमा सवारी आवगमन प्रभावित बनेको छ । केही राजमार्गहरु पूर्ण रुपमा बन्द भएका छन् केहीमा आशिंक रुपमा सञ्चालनमा रहेका छन् ।  

निरन्तरको वर्षाका कारण उत्पन्न हुन सक्ने विपतका प्रतिकार्यका लागि सरकारले सम्पूर्ण संयन्त्र तयारी अवस्थामा राखेको छ । असोज १८ गते ७ बजेदेखी अबिरल बर्षाको कारण काठमाण्डौ जिल्ला चन्द्रागिरि नगरपालिकावाट बिभिन्न नाका हुँदै काठमाण्डौबाट धादिङ र मकवानपुर हुदै बाहिरिने नागढुङ्गा,गोदाम, टखेल हुदै जाने सडक खण्ड अर्को आदेश नभए सम्मको लागी दुबै तर्फका सवारी साधन होल्ड गरीएको छ।

कुन राजमार्गको अवस्था कस्तो ?

बिपि र अरनिको  राजमार्गमा सवारी साधन होल्ड गरिएको  

असोज १८ गते साढे ८ बजेको समयमा जिल्ला काभ्रे अन्तर्गत बिपि र अरनिको राजमार्गमा अबिरल बर्षातको कारणले धुलिखेल देखि प्रचौ दोलालघाट काभ्रेबाट सिन्धुपाल्चोकको सिमानासम्म दुबै तर्फी सवारी साधन अनिश्चित समयको लागी होल्ड गरिएको ।

रसुवा बाढीले  नेपाल र चिन नाका जोड्ने मितेरी पुल क्षतिग्रस्त

-गत असार २४ रसुवा गोसाइकुण्ड गापा वडा नं २  स्थित रसुवागढीमा  बाढी आई नेपाल र चिन नाका जोड्ने पुलमा क्षति भई सवारी साधन आवतजावत बन्द भएको ।

-असोज १६ गते रसुवा गोसाईकुण्ड गापा वडा नं २ घट्टेखोला स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट ढुङ्गा सहित सुख्खा पहिरो आई बाटो अबरोध भएको ।

-असोज १६ गते रसुवा गोसाईकुण्ड गापा वडा नं २ बालुवाखानि, र तातोपानी  स्थित पासाङ ल्हामु सडक खण्डमा सडक माथिबाट सुख्खा पहिरो सहित ढुङगा झरी बाटो पूर्ण रुपमा अवरोध भएको ।

Bizshala
New Office
CG Motors

संखुवासभा भोटखोला गापा–४ बरुणखोला स्थित कोशी राजमार्ग अबरुद्ध  

गत जेठ ६ गते संखुवासभा भोटखोला गापा –४ स्थित बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारी देखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरोध भएको । बर्षातको अबधिभर सुचारु हुन नसक्ने ।

संखुवासभा मकालु गापा–३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्ड पुर्ण रुपमा अवरोध  

गत भदौ १५ गते संखुवासभा मकालु गापा–३ एकुवा स्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथांका सडक खण्डमा पहिरो झरी बाटो पूर्ण रुपमा अवरोध भएको।

काभ्रे, विपि राजमार्ग बन्द रहने  

असोज १६ गतेदेखि २१ गते मंगलबारसम्म (६ दिनं) साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म  वि।पि राजमार्ग पूर्णरुपमा बन्द रहने ।

अरनिको राजमार्गमा भासिन गई अवरुद्ध  

–असोज १६ गते जिसिपा भोटकोशी गापा–४ चारकिलो स्थित अरनिको राजमार्गमा २ मिटर सडक भासिन गई सडक अवरुद्ध भएको,

–१७ गते ५ बजे सानो सवारी साधन चल्ने, ठुलो सवारी साधन नचल्ने गरी सड्क सुचारु भएको ।  

–१ बजेको समयमा १५ मिटर लम्बाई र १ फिट गहिराई सडक भासिन गई सडक पुर्ण रुपमा अबरुद्ध भएको ।

बिपि राजमार्ग माथिबाट ढुंगा खसी बाटो दुबै तर्फअबरुद्ध भएको

असोज १८ गते काभ्रे जिल्लाको रोशी गापा ११ माम्तीखोला, डालावेशी बुलढुंगा  स्थित बिपि राजमार्ग सडक खण्डमा सडक माथिबाट ढुंगा खसी बाटो दुबै तर्फी अबरुद्ध भएको ।

सिद्धिचरण लोकमार्ग पुर्ण रुपमा अबरुद्ध भएको  

असोज १८ गते  परेको अबिरल बर्षाको कारण ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिका ०६ र ०७ को सिमाना स्थित सिद्धिचरण लोकमार्गमा पर्ने भँडारे खोलामा लेदो समेतको बाढी आई सडकको भाग खोलि गहिरो बनाई अन्दाजी १० मिटर सडकमा क्षती पुगी लोकमार्ग पुर्ण रुपमा अबरुद्ध  भएको ।

फाखेल हुमाने काठमाण्डौ सडकखण्ड अबरुद्ध  

असोज १८ गते मकवानपुर इन्द्रसरोवर गापा–४ महालक्ष्मी खोला स्थित फाखेल हुमाने काठमाण्डौ सडकखण्डमा  ढुङगा माटो लेदो सहितको पहिरो माथीबाट खसि बाटो पुर्ण रुपमा अवरोध भएको ।

नारायणगढ मुग्लिङ सडक खण्डमा पहिरो खसी बाटो एक तर्फि अबरोध

चितवन इच्छाकामना गापा–६ नाम्चेखोला र इच्छाकामना गापा–५ तुइनखोला स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा माथीबाट पहिरो खसी बाटो एक तर्फि अबरोध भएको साथै उक्त सडकखण्डमा सबारी आबगमन होल्ड गरिएको ।

कान्तिलोकपथ दुई तर्फी अबरोध  

बाग्मती गाँउपालिका ०३ टाकुचे स्थित बाटो माथी बाट पहिरो आई पुर्ण रुपमा बन्द भएको ।

कुलेखानि सिस्नेरी दक्षिणकालि(काठमाण्डौ सडकखण्ड दुई तर्फी अबरोध

असोज १८ गते मकवानपुर इन्द्रसरोवर गापा–३ सिस्नेरी बजार स्थित  कुलेखानि सिस्नेरी दक्षिणकालि(काठमाण्डौ सडकखण्डमा डोढारे खोलामा पानिको बहाब बढ्न गई सडकमा आई बाटो पुर्ण रुपमा अवरुद्ध भएको ।

पृथ्वी लोकमार्ग अबरुद्द  

असोज १८ गते धादिङ गजुरी गापा–५ घाटबेसी तथा गजुरी गापा–६ जहरेखेत पृथ्वी लोकमार्गमा सडक माथिवाट पहिरो आई पुर्ण रुपमा बन्द भएको ।

पृथ्वी लोकमार्गमा पुर्ण रुपमा अबरुद्द  

जिल्ला धादिङ बेनिघाट रोराङ गापा १० जवाङखोला स्थित पृथ्वी लोकमार्गमा सडक माथिबाट पहिरो खस्न जाँदा पुर्ण रुपमा बन्द भएको साथै उक्त सडकखण्डमा सबारी आबगमन होल्ड गरिएको ।

मध्य पहाडी लोक मार्ग अबरोध  

धनकुटा पाख्रीबास नपा–५ दिकुरे स्थित मध्य पहाडी लोक मार्गमा अबिरल वर्षाका कारण सडक भाँसिएको र बाटो माथि बाट पहिरो खसिरेकोले जोखीम हुने भएकोले तत्काल बाटो बन्द गरिएको ।

मध्य पहाडी लोक मार्ग अबरोध  

सिन्धुली जिल्लाको फिक्कल गापा–६ नागस्थान स्थित मध्य पहाडी लोकमार्गमा बर्षात को कारण ढुंगा,माटो र लेदो सहित को पहिरो आई बाटो दुई तर्फी नै बन्द भएको तथा पानी परिरहेको कारण तत्काल पहिरो पन्छाउन नसकिने ।

मध्य पहाडी लोक मार्ग अबरोध

असोज १९ गते सिन्धुली मरिण गापा–२ सिन्दुरे दोभान स्थित मदन भण्डारी राजमार्गमा अविरल बर्षाको कारण ढुङ्गा ,माटो साहितको पहिरो गई बाटो दुई तर्फी अवरोध भएको ।

कोशी लोकमार्ग अबरोध  

असोज १८ गते परेको बर्षाको कारण पहिरो गई जि धनकुटा साँगुरीगढि गाउपालिका १ स्थित कोशी लोकमार्गको चनौटे र ऐ वडा नं ६ को घण्टे र सिमसुवा गरी ३ ठाउमा बाटो अवरोध भएको ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.