सोमबार, जेष्ठ ४,२०८३ 10:33:16
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:33:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालको पश्चिमी भू–भागबाट मनसुन बिदा, तर पश्चिमी वायूका कारण अझै वर्षा र हिमपातको सम्भावना

Laxmi Sunrise Bank Limited
नेपालको पश्चिमी भू–भागबाट मनसुन बिदा, तर पश्चिमी वायूका कारण अझै वर्षा र हिमपातको सम्भावना
Shivam Cement

काठमाण्डौ । नेपालमा यस वर्षको मनसुन औपचारिक रूपमा पश्चिमी भू–भागबाट बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मिति २०८२ असोज २० (६ अक्टोबर २०२५) देखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भागका धेरै स्थानमा मनसुन समाप्त भइसकेको छ। साथै, गण्डकी प्रदेशको पश्चिमी भेगका केही क्षेत्रमा पनि मनसुन हटिसकेको जनाइएको छ।

Bizshala
New Office
CG Motors

यो वर्ष मनसुन सामान्य मिति जुन १३ भन्दा १५ दिन अगावै, अर्थात् मे २९ तारिखमै नेपाल प्रवेश गरेको थियो। तर, बाहिरिने औसत मिति अक्टोबर २ भन्दा केही ढिलो गरी यस वर्ष मनसुन हट्न थालेको हो।

यद्यपि, मनसुन बाहिरिएसँगै अहिले पनि पश्चिमी वायूको प्रभाव देशका पश्चिमी भागमा देखिएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल सामान्यतया बादल लागेको छ र ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

पश्चिमी वायूको प्रभावका कारण आज र भोली विशेष गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, ती प्रदेशका हिमाली भागका थोरै स्थानमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद्हरूले कृषि र पर्यटन क्षेत्रमा यसले आंशिक प्रभाव पार्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै, मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानको अध्यावधिक जानकारी नियमित रूपमा लिन अनुरोध गरिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

मौसमविद्हरूका अनुसार मनसुन एकैचोटि देशभरबाट हट्दैन -यो क्रमशः पश्चिमबाट सुरु भई अन्त्यमा कोसी प्रदेश हुँदै देशभर समाप्त हुन्छ। गत वर्ष मनसुन अक्टोबर १२ तारिखका दिन नेपालबाट पूर्ण रूपमा बाहिरिएको थियो।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार मनसुन समाप्त भएपछि “पोस्ट–मनसुन” अर्थात् हिउँदतर्फ ढल्किने मौसम सुरु हुन्छ। “पोस्ट–मनसुन सामान्यतया अक्टोबर र नोभेम्बरसम्म रहन्छ, त्यसपछि हिउँद सुरु हुन्छ,” अधिकारीले बताए।

नेपालमा मौसमलाई चार भागमा वर्गीकरण गरिएको छ: प्रि–मनसुन (मार्च–मे), मनसुन (जुन–सेप्टेम्बर), पोस्ट–मनसुन (अक्टोबर–नोभेम्बर) र विन्टर (डिसेम्बर–फेब्रुअरी)। यीमध्ये मनसुन सबैभन्दा लामो र प्रभावकारी मौसम हो भने पोस्ट–मनसुन छोटो संक्रमणकालीन चरण हो, जसपछि देशमा हिउँदको ठण्डी पूर्ण रूपमा सुरु हुन्छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.