सोमबार, जेष्ठ ४,२०८३ 10:33:18
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:33:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारी वर्षाले जलविद्युतमा बितण्डा: १० जिल्लाका ३२ आयोजना प्रभावित, १८० मेगावाट उत्पादन बन्द

Laxmi Sunrise Bank Limited
भारी वर्षाले जलविद्युतमा बितण्डा: १० जिल्लाका ३२ आयोजना प्रभावित, १८० मेगावाट उत्पादन बन्द
Shivam Cement

काठमाण्डौ । असोज १७ देखि १९ गतेसम्मको लगातार भारी वर्षाले नेपालका तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमबार दिउँसोसम्मको प्रारम्भिक विवरणअनुसार १८० मेगावाट क्षमताका १७ सञ्चालनमा रहेका र ३३८ मेगावाट क्षमताका १५ निर्माणाधीन जलविद्युत् आयोजनामा बाढीले असर गरेको छ।

इप्पानका अध्यक्ष गणेश कार्कीका अनुसार विगतका वर्षहरूमा बाढीसम्बन्धी विश्वसनीय सूचना नपाउँदा मानवीय र भौतिक क्षति धेरै हुने गर्थ्यो। तर, यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच पूर्वसूचना आदान–प्रदान प्रणाली स्थापना भएपछि समयमै सूचना पुग्दा मानवीय क्षति रोक्न सफल भएको उनले बताए।

कार्कीका अनुसार समयमै पूर्वतयारी र सतर्कता अपनाइएकाले यस वर्षको भारी वर्षामा जलविद्युत् आयोजना क्षेत्रमा अपेक्षाकृत कम क्षति भएको छ।

Bizshala
New Office
CG Motors

सबैभन्दा बढी असर इलाममा

सबैभन्दा बढी असर कोशी प्रदेशको इलाम जिल्लामा परेको छ, जहाँका १५ जलविद्युत् आयोजना बाढी र पहिरोका कारण बन्द भएका छन्। प्रभावित आयोजना मध्ये ४.५ मेगावाटको माईखोला, ८ मेगावाटको माईखोला क्यासकेड, २२ मेगावाटको सानिमा माई, ७ मेगावाटको माई क्यासकेड, ७.८ मेगावाटको सुपरमाई, ९.६ मेगावाटको सुपरमाई ए, ३ मेगावाटको सुपरमाई ए क्यासकेड, ७.६ मेगावाटको जोगमाई खोला, ५.२ मेगावाटको जोगमाई क्यासकेड, ६.२ मेगावाटको तल्लो जोगमाई, ९.५ मेगावाटको माईबेनी, ९.९ मेगावाटको माथिल्लो माई, ५.१ मेगावाटको माई सी क्यासकेड, ४.९६ मेगावाटको पुवा–२ र ३ मेगावाटको अपर पुवा–१ रहेका छन्।

इलाम बाहेक, पाँचथरको १४.९ मेगावाटको हेवाखोला र बागमती प्रदेशको ५२.४ मेगावाटको लिखु–४ पनि प्रभावित भएका छन्। हाल लिखु–४ बाहेक अन्य सबै आयोजनाको उत्पादन रोकिएको छ। लिखु–४मा करिब एक घण्टाभन्दा केही बढी समय मात्र उत्पादन बन्द भएको इप्पानले जनाएको छ।

निर्माणाधीन आयोजनामा बढी क्षति पहुँचमार्गमा

निर्माणाधीन जलविद्युत् आयोजनाहरूमा मुख्य क्षति पहुँचमार्ग र संरचनामा पुगेको छ। मनाङको ४९.९५ मेगावाट क्षमताको दाना खोला आयोजनाको १२ किलोमिटर लामो सडक खण्डका धेरै भाग पहिरोले बगाएको प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिए।

उनका अनुसार आयोजनाको निर्माण हालै सुरु भएकाले सडक स्थायी रूपमा नबनेको अवस्थामा बाढीले धेरै भाग बगाएको छ।

इलामको सिद्धिखोला (१० मेगावाट), जसले करिब १० दिनभित्र व्यावसायिक उत्पादन सुरु गर्ने तयारी गरेको थियो, बाढीले क्षति पुर्‍याउँदा उत्पादन मिति पर सरेको छ।

त्यस्तै, पाँचथरका सभाखोला–बी (२१.५ मेगावाट) र हेवाखोला (९.९ मेगावाट) जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरणहरू बाढीले बगाएको इप्पानले जनाएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

सिन्धुपाल्चोकमा चार आयोजना प्रभावित

सिन्धुपाल्चोक जिल्लाका चार आयोजना — ३६.५१ मेगावाटको ब्रम्हायणी, १५.१५ मेगावाटको माथिल्लो ब्रम्हायणी, ४० मेगावाटको बलेफी र २२.५ मेगावाटको तल्लो बलेफी — का पहुँचमार्गहरू पनि बाढीले क्षतिग्रस्त बनाएको छ।

त्यस्तै, रसुवाको लाङटाङ खोला (२० मेगावाट), भोजपुरको इर्खुवा खोला बी (१५.५ मेगावाट), माथिल्लो इर्खुवा (१४.५ मेगावाट), म्याग्दीको माथिल्लो ठूलो खोला (२२.५ मेगावाट), लमजुङको हिडी खोला (६.८२ मेगावाट), रामेछापको खिम्ति–२ (४८.८ मेगावाट) र धादिङको गसाली खोला (४.५ मेगावाट) आयोजनामा पनि क्षति पुगेको छ।

अहिले धेरै प्रभावित क्षेत्रमा सडक र पहुँचमार्ग अवरुद्ध भएकाले क्षतिको विस्तृत विवरण संकलन गर्न अझै केही समय लाग्ने इप्पानले जनाएको छ।

इप्पानले आगामी दिनमा जलविद्युत् क्षेत्रका आयोजनाहरूमा पूर्वसूचना प्रणालीलाई अझ सुदृढ बनाउँदै जोखिम न्यूनीकरणमा जोड दिने योजना बनाएको बताएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.