काठमाण्डौ । प्रभु बैंक लिमिटेडले कात्तिक १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ ।
बैंकले कात्तिक महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असोज महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.३५० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
बैंकले व्यक्तिगत मुद्दतीतर्फ ६ महिनादेखि २४ महिना अवधिका लागि २.७५० प्रतिशत,२४ महिनादेखि ५ वर्ष अवधिका लागि २.७५० प्रतिशत र ५ वर्षदेखि १० वर्षसम्मका लागि पनि २.७५० र १० वर्षभभन्दा माथिका लागि ४.९५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि २४ महिनासम्मका लागि २.७५० प्रतिशत,२४ महिनामाथि देखि ५ वर्षसम्मका लागि २.७५० प्रतिशत,५ वर्ष माथिदेखि १० वर्षसम्मका लागि २.७५० र १० वर्षभन्दा माथिको अवधकिा लागि पनि २.७५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
बैंकले संस्थागत निक्षेपतर्फ असोज महिनाका लागि भने अधिकतम ३.२५० प्रतिशत ब्याजदर दिएको थियो ।