काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा आह्वान गरेको हो ।
उक्त सभा आगामी कात्तिक २१ गते काठमाण्डौको बुद्धनगरमा रहेको क्वालिटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा हिमाल पावर लिमिटेडमा रहेको Statkraft Holding Singapore Pte. Ltd र Eviny AS को सम्पूर्ण सेरहरू खरिद गर्ने र सो कारोवार सम्पन्न गर्न आवश्यक निर्णय गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने र कावेली इनर्जी लिमिटेडमा रहेको कम्पनीको सम्पूर्ण सेयरहरू अरूण कावेली पावर लिमिटेडलाई बिक्री गर्ने र सो कारोवार सम्पन्न गर्नका आवश्यक निर्णय गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।