काठमाण्डौ । विभिन्न उमेरका जेष्ठ नागरिकहरुले हवाई टिकटको शुल्कमा भारी छुट पाउने भएका छन् ।
आइतबा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्ष बासुसेवा सञ्चालक संघका अध्यक्ष तथा नेपालका आन्तरिक बायुसेवा सञ्चालक कम्पनीका प्रतिनिधि सम्मिलित बैठकले जेष्ठ नागरिक र फरक क्षमता भएकालाई हवाई टिकटमा भारी छुट दिने निर्णय गरेको हो ।
निर्णयअनुसार ७० प्रतिशतभन्दा माथि उमेरका जेष्ठ नागरिकले हवाई टिकटमा नेपाल सरकारले तोकेको अधिकतम भाडादरमा सम्पूर्ण सेक्टरहरुमा ५० प्रतिशत छुट प्रदान गरिनेछ ।
यस्तै, ७५ वर्ष माथिकालाई ७० प्रतिशत र ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ८० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
जुनसुकै उमेर समूहका फरक क्षमता भएका हवाई यात्रुहरुले हवाई टिकटमा ५० प्रतिशत छुट पाउने समेत निर्णय भएको छ ।
