काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीरुहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ७ लाख १५ हजार ६३५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यस्तो आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र दिईसक्नुपर्नेछ ।
लगानीकर्ताले नेपाल राष्ट्र बैंकबाट संस्थापक सेयरधनीका लागि तोकिएको फिट एण्ड प्रोपर टेस्टको विवरण,कर्जा सूचना केन्द्रको कालो सूचीमा समावेश नभएको प्रमाणित हुने कागजात, आयस्रोत खुल्ने कागजातको प्रतिलिपी,पछिल्लो आवको करचुक्ताको प्रमाणपत्र वा कर दाखिला गरेको निस्साको प्रतिलिपी संलग्न गरी बनेपामा रहेको बैंकको कपोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ ।