सिन्धु विकास बैंकको ७.१५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीरुहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ७ लाख १५ हजार ६३५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयर खरिदका लागि आम सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यस्तो आवेदन सूचना प्रकाशित भएको ३५ दिनभित्र दिईसक्नुपर्नेछ ।

