काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुरेश देवकोटाको राजीनामा स्वीकृत भएको छ । पुस १५ गते बसेको बैंकको सञ्चालक समितिको ४७० औं बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
देवकोटाले आफ्नो व्यक्तिगत कारण देखाउँदै गत पुस ९ गते सीईओ पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा माघ १ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको बैंकले जानकारी दिएको छ ।
बैंकको विसं २०८१ साल मंसिर २५ गते बसेक ४४४ औं बैठकले रिक्त रहेको सीईओ पदमा चार्टर्ड एकाउण्टेण्ट सुरेश देवकोटालाई नियुक्त गरेको थियो । उनलाई पुस १ गतेबाट लागु हुने गरी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको थियो ।

