काठमाण्डौ । जापानका एयरलाइन्स कम्पनीहरुले यात्रुहरुलाई पावर बैंक झोलामा बोकेर यात्रा नगर्न चेतावनी जारी गरेका छन् । विमानमा आगो लाग्न सक्ने भएकाले मोबाइल चार्ज गर्ने पावर बैंक नबोक्न कम्पनीहरुले सूचना जारी गरिरहेका छन् ।
टोकियोको हानेडा विमानस्थलका जाँचकर्ताले सन् २०२४ को आर्थिक वर्षमा आन्तरिक उडानहरुबाट यात्रुहरुको साथबाट २० हजार वटा लिथियम–आयन ब्याट्रीहरु भेटेको थियो ।
विस्फोटकजन्य र अन्य अनबोर्ड सुरक्षाका लागि खतरनाक वस्तुहरुको जाँचका लागि विमानस्थलमा सेक्युरिटी स्क्रिनिङको व्यवस्था भएपनि उक्त प्रणालीले सँधै भने लिथियम ब्याट्री पत्ता लाउन नसक्ने जापानका यातायात मन्त्रीले बताए ।
मोबाइलको ब्याट्री अर्थात भेटिए त्यस्ता यात्रुलाई यात्रामा रोक लगाइने हानेडा विमानस्थलका एक कर्मचारीले बताए । गत जनवरीमा दक्षिण कोरियाकोृ बुसानमा टेकअफ गर्ने क्रममा एक विमानमा आगो लागेको थियो । उक्त आगो ओभरहेड बिनमा रहेको पावर बैंकका कारण लागेको जनाइएको थियो ।
यस्तै मार्च महिनामा पनि हङकङमा पनि यस्तै घटना घटेको थियो ।