काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाको आम्दानी वृद्धि भएको छ । लगातार दुईवटा त्रैमासको गिरावटपश्चात तेस्रो त्रैमासमा कम्पनीको आम्दानी १२ प्रतिशतले बढेको हो ।
यद्यपी यो वृद्धि विश्लेषकहरुले अनुमान गरेभन्दा भने कम हो । कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा २५.१८ बिलियन आम्दानी गरेको छ । कम्पनीको अटोमोटिभ आम्दानी ६ प्रतिशतले बढेर २१.२ बिलियन डलर पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको नेट इनकम भने ३७ प्रतिशतले घटेर १.३७ बिलियन डलरमा खुम्चिएको छ । इर्भीको घट्दो मूल्य र सञ्चालन खर्चमा देखिएको ५० प्रतिशतको वृद्धिका कारण मुनाफा घटेको हो ।
कम्पनीको वित्तीय विवरण सार्वजनिक भएसँगै सेयरमूल्यमा ५ प्रतिशतको गिरावट आएको छ । यो वर्ष कम्पनीको मूल्य करिब ९ प्रतिशतले घटिसकेको छ ।