सोमबार, जेष्ठ ४,२०८३ 07:45:09
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:45:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा र वित्तीय प्रणालीले नसमेटेको क्षति सरकारले व्यहोर्ने

Laxmi Sunrise Bank Limited
बीमा र वित्तीय प्रणालीले नसमेटेको क्षति सरकारले व्यहोर्ने
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको क्षति बीमा र वित्तीय प्रणालीले नसमेट्ने अवस्थामा सरकारले व्यहोर्ने बताएका छन् ।  

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले असोज ७ गते आयोजना गरेको ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ विषयक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन बुझ्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् ।

मन्त्री खनालले आन्दोलनका क्रममा निजी क्षेत्रको क्षति कतैबाट कभर नभए सरकारले व्यहोर्ने बताएका हुन् ।

Bizshala
New Office
CG Motors

“कतिपय बजार प्रक्रियाबाटै व्यवस्थित हुन्छ । पुननिर्माण गर्नको निमित्त ऋण लगानीको प्रबन्ध गरिएको छ,” मन्त्री खनालले भने,  “भुक्तानी गर्नको निमित्त अहिले भैरहेको ऋणको म्याद थपिएको छ । कतिपय बीमा गरेकाको त्यहाँबाट कभर हुन्छ । बीमा, बैंक तथा वित्तीय प्रणालीले पनि नव्यहोरेको र बजार प्रक्रियाले पनि कभर गर्न नसक्ने खालको क्षतिबापत चाहिँ सरकार स्वयमले केही व्यवस्थापन गर्नुपर्छ भनेर हामीले बोलिरहेकै छौं ।”

हाल क्षतिको आधिकारिक तथ्यांक सरकारले संकलन गरिरहेको बताएका छन् । क्षतिको विवरण आएपछि व्यवसायीलाई सरकारबाट आवश्यक सहयोग हुने मन्त्री खनालको भनाइ छ ।

अहिलेसम्म आधिकारिक तथ्यांक आइनसकेको र टास्क फोर्समार्फत क्षतिको विवरण संकलनको काम भइरहेको बताएका हुन् ।

'लस' र 'ड्यामेज' भएको सम्पत्तिको तथ्यांक संकलनको काम भइरहेकोले त्यहाँबाट आउने रिपोर्टका आधारमा व्यवसायहरुले गुमाएको सम्पत्ति पुनस्थापना गर्नको निमित्त सरकारले सहयोग गर्ने मन्त्री खनालले बताए । आन्दोलनबाट भएको क्षतिलाई सरकारले मिहिन रूपमा हेरेको भन्दै उनले थपे, “व्यवसायहरुले गुमाएको सम्पत्ति पुनस्थापना गर्नको निमित्त सरकारले अनुदानको रुपमा हो कि सफ्ट लोनको रुपमा हो, त्यो चाहिँ हामी गर्छौ । त्यो काम अहिलेको सरकारले आफ्नो कार्यकाल भित्रै गरेर छोड्छ ।”

यो सरकारले नीतिगत स्थिरताको बाटो बनाउने काम गर्ने उनको भनाइ छ । अहिलेको सन्दर्भमा कानुनै बनाएर त्यसलाई निरन्तरता दिन सक्ने सम्भावना नभएको पनि खनालले बताए । यो सरकारले निर्वाचन गराउने भएकाले अरु कानुन बनाउन अध्यादेश जारी गर्न पनि सहज नभएको मन्त्री खनालको भनाइ छ । “यो सरकारलाई निर्वाचनसँग सम्बन्धित बाहेक अरु विषयमा कानुन बनाउनको निमित्त अध्यादेश लाउनलाई त्यति राजनीतिक रुपमा सहज छैन,” खनालले भने, “प्रक्रियागत रूपमा मन्त्रिपरिषदको निर्णयबाट गर्न सकिने कामहरु हामीले गर्छौ । हामीले आवश्यक कानुनको ग्राउन्ड वर्क तयार गरेर मस्यौदा तयार गरेर अर्को सरकारलाई जिम्मा दिने काम चाहिँ गर्न सक्छौ ।”

Garima Development Bank
Shivam Cement
IME remit

नाफिजले जेनजी आन्दोलनपछि सबै क्षेत्रका वक्ताहरुलाई एकै स्थानमा भेला गरेर ‘अर्थतन्त्र पुनरोत्थानको आगामी बाटो’ नामक डिष्कोर्स कार्यक्रम आयोजना गरेको थियो । शनिबार उक्त कार्यक्रमको प्रतिवेदन अर्थमन्त्री खनाललाई हस्तान्तरण गर्दै नाफिजकी अध्यक्ष मेनुका कार्कीले भूकम्प, नाकाबन्दी र कोभिडले थलिएको अर्थतन्त्र क्रमशः सुधारोन्मुख भइरहेका बेला जेनजी आन्दोलनका क्रममा भएको घुसपैठले थप क्षतिग्रस्त हुन पुगेको बताउँदै त्यसको पूर्ति गर्न ठूलो स्रोत र साधन खर्चिनु पर्ने आवश्यकता औल्याएकी छन् ।

नाफिजले आयोजना गरेको उक्त छलफलमा विभिन्न क्षेत्रका १५ जना व्यवसायीको सहभागिता रहेको तर, पोखरा, वीरगञ्ज र विराटनगर जस्ता क्षेत्रबाट कार्यक्रममा सशरीर उपस्थित हुन नसकेका व्यवसायीहरुको पनि आवाज उक्त प्रतिवेदनमा समेटिएको अध्यक्ष कार्कीले जानकारी दिएकी छिन् । नाफिजले तयार पारेको यो उक्त प्रतिवेदन सरकारलाई आगामी दिनमा नीति निर्माणमा सहयोगी हुने अपेक्षा नाफिजले लिएको अध्यक्ष कार्कीले बताइन् । यसका साथै जेनजी आन्दोलनबाट भएको क्षतिको बारेमा बुझ्न र जान्न चाहने अनुसन्धानकर्तालाई पनि उक्त प्रतिवेदन उपयोगी हुने नाफिजको विश्वास छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.