सोमबार, जेष्ठ ४,२०८३ 07:45:52
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:45:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालमा मौसमको अप्रत्यासित मोड: भारी वर्षा र हिमपातको सम्भावना

Laxmi Sunrise Bank Limited
नेपालमा मौसमको अप्रत्यासित मोड: भारी वर्षा र हिमपातको सम्भावना
Shivam Cement

काठमाण्डौ । अरब सागर र बंगालको खाडीमा उत्पन्न दुई मौसमी प्रणालीको संयुक्त प्रभावले नेपालभर मौसम प्रभावित हुने संकेत देखिएको छ। 

जल तथा मौसम विज्ञान विभागले पोस्ट-मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ। विभागका अनुसार पश्चिमी वायु र अरब सागरको न्यूनचापीय प्रणालीको प्रभाव आगामी दुई दिन देशभर महसुस हुने देखिन्छ।

Bizshala
New Office
CG Motors

विभागका अनुसार आज रातिदेखि पर्सि बुधबार बिहानसम्म देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात हुनेछ। विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। उच्च पहाडी र हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने अनुमान छ भने एक-दुई स्थानमा भारी हिमपातको पनि संभावना देखिएको छ।

यस प्रणालीको प्रभावले कृषि, दैनिक जनजीवन, पर्वतारोहण र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले विभागले सर्वसाधारण र सरोकारवाला निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्ने वा बसोबास गर्ने व्यक्तिहरूलाई सुरक्षा र सावधानी अपनाउन चेतावनी दिइएको छ।

काठमाडौंसहित धेरै भागको आकाश अहिले घना बादलले छाएको छ। सोमबार दिउँसो काठमाडौंमा घाम र बादलको क्रम मिलेर गएको थियो, तर अपराह्नदेखि डम्म बादल देखिए पनि पानी परेको छैन। मौसमविद विनोद पोखरेलका अनुसार बंगालको मोन्था चक्रवात र अरब सागरको न्यूनचापीय प्रणालीको प्रभावले नेपालभरि बादल फैलिरहेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

पूर्वानुमान अनुसार भोलिदेखि पश्चिमी नेपालमा वर्षा सुरु हुनेछ। बिहीबारदेखि शनिबारसम्म पूर्वी नेपालमा मध्यमदेखि भारी वर्षा हुने देखिन्छ। विपद् विशेषज्ञ धर्मराज उप्रेतीका अनुसार यी प्रणालीले पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का देखि मध्यम हिमपात गराउने सम्भावना छ। बंगालको प्रणाली तुलनात्मक रूपमा शक्तिशाली भएकाले आउँदो शुक्रबार र शनिबार बागमती, मधेस र कोशी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने देखिन्छ।

हालको पूर्वानुमान अनुसार मंगलबारदेखि शनिबारसम्म महोत्तरीमा २०६.४ मिलिमिटर, वीरगन्जमा २१५.२, विराटनगरमा १४२.४, खाँदबारीमा १३२.७, काठमाडौंमा ८६.२, पोखरामा २३, घोराहीमा १०.५, जाजरकोटमा ११.९ र धनगढीमा १.६ मिलिमिटर वर्षा हुन सक्ने देखिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.