काठमाण्डौ । बंगालको खाडीमा बनेको चक्रवात ‘मोन्था’ भारतको आन्ध्र प्रदेशमा कमजोर भएर नेपालतर्फ सर्दैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (कात्तिक १२) रातिदेखि लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशमा यसको प्रभाव पर्नेछ, जुन कात्तिक १५ बिहानसम्म कायम रहनेछ ।
मुख्य जोखिम :
- कोसी, बागमती, गण्डकीका उच्च पहाड/हिमालमा धेरै स्थानमा मध्यम हिमपात, एक-दुई ठाउँमा भारी हिमपात ।
- कोसी, मधेस, बागमतीका थोरै ठाउँमा भारी वर्षा ।
- कर्णालीका केही र बाँकी पहाड/हिमालका एक-दुई ठाउँमा मध्यम हिमपात ।
प्रभावित क्षेत्र : जनजीवन, पर्वतारोहण, कृषि र पर्यटनमा असर पर्न सक्ने भएकाले सतर्क रहन महाशाखाको आग्रह ।
३ दिनको छोटो पूर्वानुमान :
- बुधबार (१२) : देशभर बदली, पहाड/हिमालमा हल्का-मध्यम वर्षा/हिमपात ।
- बिहीबार (१३) : ५ प्रदेशमा धेरै ठाउँमा मध्यम वर्षा, उच्च हिमालमा भारी हिमपातको जोखिम ।
- शुक्रबार (१४) : वर्षा/हिमपात कायम, कोसी-बागमतीमा भारी वर्षा/हिमपात सम्भावना ।

