काठमाण्डौ । आज प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दल र जेनजीका प्रतिनिधिसँग छलफल गर्दैछिन्। प्रधानमन्त्री कार्कीको आह्वानमा आज उक्त त्रिपक्षीय छलफल अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको हो ।
आगामी फागुन २१ गते तय भएको निर्वाचनको वातावरण बनाउने पहलस्वरूप छलफलको आयोजना हुन लागेको हो । छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायतले सहभागीता जनाउने छन् ।
यस्तै विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्न प्रमुख राजनीतिक दलका पदाधिकारी र दोस्रो तहका नेताहरूको समेत सहभागीता रहनेछ ।

